नेभिगेशन
समाज

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान

काठमाडौँ । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भागमा आंशिक बादल लाग्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र  गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । 

Extreme Energy
citizen life

यसैगरी, मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ ।

आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ कालीमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ कालीमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो...
आज २० औँ लोकतन्त्र दिवस

आज २० औँ लोकतन्त्र दिवस

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली महानगर प्रहरीले माइकिङ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थापाथलीका सुकुम्बासी बस्ती पुगेका हुन् ।
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न शिक्षा मन्त्रीसमक्ष माग

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न शिक्षा मन्त्रीसमक्ष माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक...