नेभिगेशन
समाज

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर मन्त्रालय तानिए

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरा मन्त्रालय तानीएका छन् । हिमालयन रीमा महानिर्देशक ठाकुरको श्रीमतीको पनि शेयर कारोबार रहेको खुलेपछि बिहीबार ठाकुरलाई मन्त्रालय तानिएको हो । उनको ठाउँका नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको छ । 

ठाकुर यसअघि २०७८ सालमा पनि विभागमा थिए । ठाकुरको सम्बन्ध हिमालयन रि मा पनि जोडिएको छ । हिमालयन रिले अनुमति पाउँदा ठाकुर विभाग प्रमुख थिए । र, त्यही  हिमालयन रि मा उनकी श्रीमती राखी निहारिका ठाकुरको नाममा बीस हजार कित्ता शेयर छ । त्यही कम्पनीका सञ्चालकहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । ठाकुरले आफ्नी श्रीमती लगानीकर्ता भएको कम्पनीमा निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै प्रश्न उठेपछि उनलाई मन्त्रालय तानिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठाकुर जस्ता अन्य उच्च पदस्थ कर्मचारीहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हिमालयन रि मा जोडिएका छन् । कसैले आफ्नै नाममा त कसैले परिवारका सदस्यका नाममा शेयर खरिद गरेका छन् । 

Marvel
Extreme Energy

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले भट्टलाई चैत १९ मा पक्राउ गर्यो । उनी पक्राउ परेपछि शंकर ग्रुपका शंकलाल अग्रवाल र सुलभ अग्रवाल पनि अनुसन्धानमा तानिए । जब अनुसन्धानको दायरा फराकिलो हुँदै गयो, अरु व्यवसायीहरुको पनि पोल खुल्दै जान थाल्यो । नेपालको पुँजी बजारमा प्रभुत्व जमाइरहेका को को अनुसन्धानको राडारमा परेका छन् । 

माफियाको जालोमा देश !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...