नेभिगेशन
समाज

थापाथलीका सुकुम्बासीः केही आन्दोलनमा, केही सामान जोगाउँदै

काठमाडौँ । शुक्रबार बिहानैदेखि थापाथलीको सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ । गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा लागेका छन्। केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन्। 

सरकारले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ उनीहरुमा । ‘हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन । हिजो माइकमै सामान सुरक्षित राख्नुु भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन।’ एक महिलाले भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्। 

Ncell
Extreme Energy

‘हामी काम गरेर पेट पाल्ने मान्छे हौँ’, अर्का एक बासिन्दा भन्छन्, ‘जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।’ 

केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक, नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ । ‘हामी रहरले यहाँ बसेका होइनौं, बाध्यताले बसेका हौ’, एक वृद्धले भने, ‘अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।’ अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Thapathali-Sukumbasi_Sidhakura-(6)-1777021920.jpg

Thapathali-Sukumbasi_Sidhakura-(5)-1777021920.jpg

Thapathali-Sukumbasi_Sidhakura-(8)-1777021921.jpg

Thapathali-Sukumbasi_Sidhakura-(7)-1777021921.jpg

Thapathali-Sukumbasi_Sidhakura-(10)-1777021924.jpg

Thapathali-Sukumbasi_Sidhakura-(9)-1777021923.jpg

Thapathali-Sukumbasi_Sidhakura-(12)-1777021929.jpg

Thapathali-Sukumbasi_Sidhakura-(11)-1777021929.jpg

Thapathali-Sukumbasi_Sidhakura-(13)-1777021935.jpg

Thapathali-Sukumbasi_Sidhakura-(14)-1777021935.jpg

Thapathali-Sukumbasi_Sidhakura-(1)-1777021941.jpg

Thapathali-Sukumbasi_Sidhakura-(15)-1777021941.jpg

Thapathali-Sukumbasi_Sidhakura-(2)-1777021946.jpg

Thapathali-Sukumbasi_Sidhakura-(3)-1777021946.jpg

Thapathali-Sukumbasi_Sidhakura-(4)-1777021951.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...