नेभिगेशन
समाज

थापाथलीका सुकुम्बासीः केही आन्दोलनमा, केही सामान जोगाउँदै

काठमाडौँ । शुक्रबार बिहानैदेखि थापाथलीको सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ । गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा लागेका छन्। केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन्, भने कतिपय घरबाहिर अझै पनि मानिसहरू आफ्नो थोरै सम्पत्ति मिलाउँदै, जोगाउँदै छन्। 

सरकारले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाहरूले आफ्नो सामान सार्न थालेका हुन्। तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ उनीहरुमा । ‘हामीलाई कहाँ राख्ने भन्ने कोही आएर भनेको छैन । हिजो माइकमै सामान सुरक्षित राख्नुु भनेर मात्रै भने। त्यसैले हामी सामान जोगाइरहेका छौं, तर बस्ने ठाउँ त कतै छैन।’ एक महिलाले भनिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्तीका केही भागमा भने विरोध प्रदर्शन पनि जारी छ। प्लेकार्ड बोकेका सुकुम्बासीहरूले सत्तारूढ दलको वाचा सम्झाउँदै व्यवस्थापनको माग गरिरहेका छन्। उनीहरूको मुख्य चिन्ता एउटै छ स्थानान्तरण भए पनि रोजगारी र दैनिक जीवन प्रभावित नहोस्। 

Ncell
Extreme Energy

‘हामी काम गरेर पेट पाल्ने मान्छे हौँ’, अर्का एक बासिन्दा भन्छन्, ‘जहाँ राखे पनि काम गर्न सजिलो हुने ठाउँ हुनुपर्छ। बालबच्चा पढाउनुपर्छ, गाडी चढ्न मिल्ने ठाउँ चाहिन्छ।’ 

केही दिनअघि प्रहरी टोली आएर निरीक्षण गरेर गएको बाहेक, नगरपालिकाबाट कुनै प्रत्यक्ष समन्वय नभएको उनीहरूको भनाइ छ । ‘हामी रहरले यहाँ बसेका होइनौं, बाध्यताले बसेका हौ’, एक वृद्धले भने, ‘अब सरकारले व्यवस्थापन गर्छु भनेको छ, तर कहिले र कसरी त्यो थाहा छैन।’ अहिलेका लागि धेरैजसो परिवारले राति पनि यहीँ बस्ने निर्णय गरेका छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Thapathali-Sukumbasi_Sidhakura-(6)-1777021920.jpg

Thapathali-Sukumbasi_Sidhakura-(5)-1777021920.jpg

Thapathali-Sukumbasi_Sidhakura-(8)-1777021921.jpg

Thapathali-Sukumbasi_Sidhakura-(7)-1777021921.jpg

Thapathali-Sukumbasi_Sidhakura-(10)-1777021924.jpg

Thapathali-Sukumbasi_Sidhakura-(9)-1777021923.jpg

Thapathali-Sukumbasi_Sidhakura-(12)-1777021929.jpg

Thapathali-Sukumbasi_Sidhakura-(11)-1777021929.jpg

Thapathali-Sukumbasi_Sidhakura-(13)-1777021935.jpg

Thapathali-Sukumbasi_Sidhakura-(14)-1777021935.jpg

Thapathali-Sukumbasi_Sidhakura-(1)-1777021941.jpg

Thapathali-Sukumbasi_Sidhakura-(15)-1777021941.jpg

Thapathali-Sukumbasi_Sidhakura-(2)-1777021946.jpg

Thapathali-Sukumbasi_Sidhakura-(3)-1777021946.jpg

Thapathali-Sukumbasi_Sidhakura-(4)-1777021951.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...