नेभिगेशन
समाज

पर्यटकीय गन्तव्य बन्दै लाप्राकको नमुना बस्ती (तस्बिरहरु)

काठमाडौँ । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो। त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमुना बस्ती निर्माण गरिएको थियो।

करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ, जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन्। टाढाबाट हेर्दा पंक्तिबद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाक देखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिक जसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

Ncell
Extreme Energy

तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ। अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय घरमा प्लास्टिकका झ्याल–ढोका प्रयोग गरिएको छ भने कतिपय संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।

६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन्। बसोबास गरिरहेका परिवारहरूले पनि घरलाई बस्न योग्य बनाउन थप मर्मत गर्नुपरेको छ—काठका झ्याल–ढोका जडान गर्ने, भित्री संरचना सुधार गर्ने, ढुङ्गा छाप्ने जस्ता कामका लागि अतिरिक्त खर्च गर्नुपरेको अवस्था छ।

सुन्दर र आकर्षक नमुना बस्तीमा स्थानीय बस्न रुचाउँदैनन् भने अर्को तर्फ,  पुरानो बस्ती पहिरोको जोखिममा भए पनि अधिकांशको खेतीपाती र जीविकोपार्जनको आधार त्यही भएकाले पुरानो बस्तीमा स्थानीय चहलपहल बाक्लो देखिन्छ ।

यसले देखाउँछ कि केवल भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन, स्थानीय जीवनशैली, आवश्यकता र रोजगारीसँग जोडिएको दिगो योजना आवश्यक हुन्छ।

Laprak_Gorkha_Sidhakura-(1)-1777359658.jpg

Laprak_Gorkha_Sidhakura-(8)-1777359720.jpg

Laprak_Gorkha_Sidhakura-(9)-1777359722.jpg

Laprak_Gorkha_Sidhakura-(5)-1777359688.jpg

Laprak_Gorkha_Sidhakura-(4)-1777359673.jpg

Laprak_Gorkha_Sidhakura-(3)-1777359670.jpg

Laprak_Gorkha_Sidhakura-(7)-1777359698.jpg

Laprak_Gorkha_Sidhakura-(6)-1777359695.jpg

Laprak_Gorkha_Sidhakura-(10)-1777359742.jpg

Laprak_Gorkha_Sidhakura-(11)-1777359743.jpg

Laprak_Gorkha_Sidhakura-(12)-1777359747.jpg

Laprak_Gorkha_Sidhakura-(13)-1777359755.jpg

Laprak_Gorkha_Sidhakura-(17)-1777359770.jpg

Laprak_Gorkha_Sidhakura-(16)-1777359769.jpg

Laprak_Gorkha_Sidhakura-(15)-1777359766.jpg

Laprak_Gorkha_Sidhakura-(14)-1777359758.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै