नेभिगेशन
समाज

पर्यटकीय गन्तव्य बन्दै लाप्राकको नमुना बस्ती (तस्बिरहरु)

काठमाडौँ । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर आएको विनाशकारी महाभूकम्पले गोरखाको लाप्राकस्थित ऐतिहासिक गुरुङ बस्ती पूर्ण रूपमा ध्वस्त बनायो। त्यसपछिको पुनर्निर्माण अभियान अन्तर्गत गैरआवासीय नेपाली संघ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार धार्चे गाउँपालिका–४ गुप्सीपाखामा लाप्राकवासीका लागि एकीकृत नमुना बस्ती निर्माण गरिएको थियो।

करिब ३२६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बस्तीमा ६०४ घरधुरीका लागि आवास निर्माण गरिएको छ, जसमा अधिकांश घर गैरआवासीय नेपाली संघमार्फत निर्माण गरिएका हुन् भने बाँकी नेपाल सरकारको भूकम्प राहत कार्यक्रमबाट बनेका छन्। टाढाबाट हेर्दा पंक्तिबद्ध घरहरू, वरिपरि हरियाली र वसन्त याममा डाँडाकाँडामा फुलेका राताम्य लालीगुराँसले बस्तीलाई अत्यन्त सुन्दर र आकर्षक बनाउने गर्दछ । उज्यालो घाममा टल्किने छाना र फूलले सजिएका पहाडले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक सञ्जालको पहुँचले गर्दा गोरखा जिल्लाकै दुर्गम लाप्राक गाउँमा अहिले सजिलै सँग पुग्न सकिन्छ । बारपाक देखि लाप्राक सम्मको सडक स्तरोन्नति भएसँगै नमुना बस्ती हेर्न दैनिक जसो आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।

Ncell
Extreme Energy

तर, बाह्य सौन्दर्यभित्र लुकेको यथार्थ भने फरक छ। अव्यवस्थित निर्माण, कमसल सामग्रीको प्रयोग र परिवारको आकारअनुसार घर सानो भएकाले धेरै स्थानीयवासीको रोजाइमा यी घरहरू पर्न सकेका छैनन्। कतिपय घरमा प्लास्टिकका झ्याल–ढोका प्रयोग गरिएको छ भने कतिपय संरचना पूर्ण रूपमा सम्पन्न नभएको देखिन्छ।

६०४ घरमध्ये हाल करिब ६० परिवार मात्रै त्यहाँ बसोबास गर्दै आएका छन्। बसोबास गरिरहेका परिवारहरूले पनि घरलाई बस्न योग्य बनाउन थप मर्मत गर्नुपरेको छ—काठका झ्याल–ढोका जडान गर्ने, भित्री संरचना सुधार गर्ने, ढुङ्गा छाप्ने जस्ता कामका लागि अतिरिक्त खर्च गर्नुपरेको अवस्था छ।

सुन्दर र आकर्षक नमुना बस्तीमा स्थानीय बस्न रुचाउँदैनन् भने अर्को तर्फ,  पुरानो बस्ती पहिरोको जोखिममा भए पनि अधिकांशको खेतीपाती र जीविकोपार्जनको आधार त्यही भएकाले पुरानो बस्तीमा स्थानीय चहलपहल बाक्लो देखिन्छ ।

यसले देखाउँछ कि केवल भौतिक संरचना निर्माण मात्र पर्याप्त हुँदैन, स्थानीय जीवनशैली, आवश्यकता र रोजगारीसँग जोडिएको दिगो योजना आवश्यक हुन्छ।

Laprak_Gorkha_Sidhakura-(1)-1777359658.jpg

Laprak_Gorkha_Sidhakura-(8)-1777359720.jpg

Laprak_Gorkha_Sidhakura-(9)-1777359722.jpg

Laprak_Gorkha_Sidhakura-(5)-1777359688.jpg

Laprak_Gorkha_Sidhakura-(4)-1777359673.jpg

Laprak_Gorkha_Sidhakura-(3)-1777359670.jpg

Laprak_Gorkha_Sidhakura-(7)-1777359698.jpg

Laprak_Gorkha_Sidhakura-(6)-1777359695.jpg

Laprak_Gorkha_Sidhakura-(10)-1777359742.jpg

Laprak_Gorkha_Sidhakura-(11)-1777359743.jpg

Laprak_Gorkha_Sidhakura-(12)-1777359747.jpg

Laprak_Gorkha_Sidhakura-(13)-1777359755.jpg

Laprak_Gorkha_Sidhakura-(17)-1777359770.jpg

Laprak_Gorkha_Sidhakura-(16)-1777359769.jpg

Laprak_Gorkha_Sidhakura-(15)-1777359766.jpg

Laprak_Gorkha_Sidhakura-(14)-1777359758.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...