नेभिगेशन
सबै कुरा

प्रसुती गृह निर्माणमा लापरवाही, कमसल सामग्रीको प्रयोग हुँदै

रौतहट : रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको प्राङ्गणमा निर्माण भइरहेको प्रसुति गृहको भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको स्थानीयको आरोप छ । इँटा तथा बालुवा गुणस्तरहिन रहेको पाइएपनि नियमनकारी  निकाय नै मौन रहँदा राज्यको लगानीनै डुब्ने खतरा बढेको उनीहरुको गुनासाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारको बजेटमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जकाे प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको प्रसूति गृह भवनमा २ नम्बर इटा तथा स्थानीय खोलाको गुणस्तरहीन बालुवा प्रयोग भइरहेको पाइएको हो ।

Ncell
Extreme Energy


शहरी विकास मन्त्रालयको ७ करोड ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा ठेक्का सकार गरेका दिवा आरपी जेवी गौर नामक निर्माण कम्पनीले २०८० साल माघ १२ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सुरू गरेको साढे तीन तल्ले भवनमा भुइँतल्ला, पहिलो र दोस्रो तल्लाको पर्खालमा २ नम्बर इँटा धमाधम प्रयोग गर्न लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्राविधिकको रेखदेखमा निर्माण भइरहेको प्रसूति गृह भवनको निर्माणमा ठेकेदारद्वारा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पनि प्राविधिकले रोक लगाउन नसकेको गुनासो स्थानीयहरुको छ ।


त्यस्तै करोडौँको लगानीमा निर्माण हुन लागेको सो भवनमा हाल प्रयोग भइरहेका इँटा, बालुवा लगायतका सामग्रीहरु गुणस्तरहिन रहेको तथा निर्माण पक्षलाई आफुले पटक पटक चेतावनी दिँदासमेत सुधार नआएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष अनवर हास्मी बताउँछन् । 

सघन शहरी तथा भवन निर्माण कार्यालय बीरगञ्ज पर्साका ईन्जिनियर मुकेश महतो कोइरीले थोरै मात्रामा २ नम्बरको इँटा प्रयोग भएको जानकारी प्राप्त भएको स्वीकार्दै हाल उपलब्ध रहेको इँटा र बालुवा प्रयोग नगर्न निर्देशन दिइएको तथा गुणस्तरीय समाग्री प्रयोग गर्न आफुहरु प्रतिबद्ध रहेको बताउँछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित २० जना पक्राउ

लागुऔषधसहित २० जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् ।
‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

‘अपराध महाशाखाको एसपी हुँ’ भन्दै सर्वसाधारणलाई धम्की दिने राजकुमार आलेमगर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी...
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।