नेभिगेशन
सबै कुरा

प्रसुती गृह निर्माणमा लापरवाही, कमसल सामग्रीको प्रयोग हुँदै

रौतहट : रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालको प्राङ्गणमा निर्माण भइरहेको प्रसुति गृहको भवन निर्माणमा कमसल सामग्रीको प्रयोग भइरहेको स्थानीयको आरोप छ । इँटा तथा बालुवा गुणस्तरहिन रहेको पाइएपनि नियमनकारी  निकाय नै मौन रहँदा राज्यको लगानीनै डुब्ने खतरा बढेको उनीहरुको गुनासाे छ ।

नेपाल सरकारको बजेटमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जकाे प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको प्रसूति गृह भवनमा २ नम्बर इटा तथा स्थानीय खोलाको गुणस्तरहीन बालुवा प्रयोग भइरहेको पाइएको हो ।

Dish Home
Global Ime Bank


शहरी विकास मन्त्रालयको ७ करोड ६७ लाख ४ हजार १ सय ४७ रुपैयाँ ४८ पैसामा ठेक्का सकार गरेका दिवा आरपी जेवी गौर नामक निर्माण कम्पनीले २०८० साल माघ १२ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सुरू गरेको साढे तीन तल्ले भवनमा भुइँतल्ला, पहिलो र दोस्रो तल्लाको पर्खालमा २ नम्बर इँटा धमाधम प्रयोग गर्न लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्राविधिकको रेखदेखमा निर्माण भइरहेको प्रसूति गृह भवनको निर्माणमा ठेकेदारद्वारा कमसल निर्माण सामग्रीको प्रयोग गर्दा पनि प्राविधिकले रोक लगाउन नसकेको गुनासो स्थानीयहरुको छ ।


त्यस्तै करोडौँको लगानीमा निर्माण हुन लागेको सो भवनमा हाल प्रयोग भइरहेका इँटा, बालुवा लगायतका सामग्रीहरु गुणस्तरहिन रहेको तथा निर्माण पक्षलाई आफुले पटक पटक चेतावनी दिँदासमेत सुधार नआएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष अनवर हास्मी बताउँछन् । 

सघन शहरी तथा भवन निर्माण कार्यालय बीरगञ्ज पर्साका ईन्जिनियर मुकेश महतो कोइरीले थोरै मात्रामा २ नम्बरको इँटा प्रयोग भएको जानकारी प्राप्त भएको स्वीकार्दै हाल उपलब्ध रहेको इँटा र बालुवा प्रयोग नगर्न निर्देशन दिइएको तथा गुणस्तरीय समाग्री प्रयोग गर्न आफुहरु प्रतिबद्ध रहेको बताउँछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

पुलका पाटपुर्जा चोरीको आरोपमा रोशीका वडाध्यक्ष गौतम पक्राउ

रोशी गाउँपालिका ७ र नमोबुद्ध नगरपालिका ६ को सिमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। खोलाले बगाएको पुलका फलामे पार्टपुर्जा चोरी गरी विक्री गरेको आरोपमा सोमबार वडाअध्यक्ष गौतम...
८० किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

८० किलो लागुऔषध गाँजासहित २ जना पक्राउ

गाडीको चालक गोरखा पालुङटार नगरपालिका–१० मिरकोटका २८ वर्षीय मधुसूदन अधिकारी र सोही गाडीमा सवार सिन्धुली दुधौली नगरपालिका–८ खोरभञ्ज्याङका २५ वर्षीय नवराज खड्का पक्राउ परेका छन्। हाल दुवै जना...
११ सय ४३ किलो गाँजा सहित २ जना पक्राऊ

११ सय ४३ किलो गाँजा सहित २ जना पक्राऊ

बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी रहेको प्रहरीले जनाएको छ । घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी...
सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

सुजन: जसले सिध्याए दाईपछि पूर्व श्रीमतीको परिवार

भर्खरै