नेभिगेशन
समाज

मन्त्रीको कार्यकक्षबाटै देशभरका मालपोत कार्यालयको अनुगमन

काठमाडौँ । देशभरका मालपोत कार्यालयहरुको सेवा प्रवाहबारे मन्त्रीको कार्यकक्षबाटै अनुगमन गर्न मिल्ने प्रणाली कार्यान्वयनमा आएको छ । उक्त प्रणाली जडान भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले मालपोत कार्यालयमा सेवा प्रवाह भए नभएकोबारे आफ्नै कार्यालयबाट निरीक्षण गर्न सक्नेछिन् । 

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको अवस्थाबारे तत्काल जानकारी लिन तथा समस्याहरूको समयमै समाधान सुनिश्चित गर्न मन्त्री रावलले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसबाट सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ । 

Ncell
Extreme Energy

उक्त प्रणाली जडान गरिएपछि मन्त्री रावलको कार्यकक्षमा रहेको मोनिटरमा देशैभरका मालपोत कार्यालयको विवरण देखिन्छ । सर्भर डाउन भएर सेवा रोकिएको कार्यालयमा रातो बत्तिले संकेत गर्छ भने सेवा प्रवाह भइरहेका कार्यालयमा हरियो बत्तिले संकेत गर्छ । 

रातो बत्ति बलेको कार्यालयमा के कारण सेवा रोकिएको हो ? बुझेर समस्याको समाधान हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै