नेभिगेशन
समाज

अध्यादेशबारे कानुन मन्त्री गौतमको स्पष्टोक्तिः सरकारले जे गर्छ पारदर्शीरुपमा जनताको हितमा काम गर्छ

काठमाडौँ । सरकारले ल्याएको अध्यादेशबारेमा स्पष्ट पार्दै कानुन मन्त्री सोबिता गौतमले सरकारले छिटो र छरिटो जनताको हितमा काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् । आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यादेशको बारेमा उठेका तर्कविर्तकका विषयमा कानुन मन्त्री गौतमले स्पष्टीकरण दिएकी हुन् ।

उनले भनेकी छन्, ‘यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नका लागि ल्याइएको होइन। यो राम्रो काम गर्नका लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो।’ संसद्‌मार्फत फास्ट ट्र्याकमा काम गर्दा पनि कानुन बनाउन कम्तीमा तीन र चार महिना लाग्नसक्ने उल्लेख गर्दै उनले छिटो र छरिटो काम गर्न सजिलो होस् भन्ने उदेश्यकासाथ अध्यादेश ल्याउनुपरेको बताएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, ‘विगतमा धेरै सरकारहरूले अध्यादेशलाई दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन्, जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसद्‌मा नल्याईकन खारेज गरियो उनले भनेकी छन्, त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्दछन्। तर यसपटकको सन्दर्भचाहिँ निकै फरक छ। यो सरकार काम तीव्र गतिमा गर्न चाहन्छ।’

Ncell
Extreme Energy

केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अघि बढाउन कठिन भइरहेकाले त्यस्ता कानुनी अवरोध हटाएर तुरुन्त निर्णय गर्न कानुन आवश्यक परेकाले अध्यादेश ल्याइएको तर्क उनले गरेकी छन्। यस क्रममा उनले संविधानको धारा ११४ मा अध्यादेश जारी गर्ने अधिकार सरकारलाई रहेको पनि बताएकी छन्।

मन्त्री गौतमले भनिन्, भनेकी छन्, ‘सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुनसक्छ। संसद्‌मा गएर एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा तीनरचार महिना लाग्नसक्छ। त्यसकारण सरकारले द्रुत गतिमा, प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसद्‌मा पेस गर्छौं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै