नेभिगेशन
मुख्य समाचार

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन्। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका छन् । महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ ।

निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।  मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन्। नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

कांग्रेस १५औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक, भदौ २४ देखि वडा अधिवेशन

यी सबै तहको अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ । निर्वाचन समितिले अधिवेशनको तयारीसँगै निर्वाचन प्रतिनिधि र अधिकृतलाई प्रशिक्षण दिने कार्यतालिका...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।