नेभिगेशन
समाज

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बासुदेवस्थित खहरे खोलाले लच्का तर्ने क्रममा बगाएका २ बालिका बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । 

खोज तथा उद्धारका क्रममा ८ वर्षीया रोसनी स्याङताङलाई बगेको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला पारिएको थियो । उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

Marvel

हाल ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय, बस्तिपुरबाट घर फर्कने क्रममा खोला तर्ने क्रममा उनीहरूलाई बासुदेव खहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा २० जना प्रहरी घटनास्थलमा खटिएका थिए ।

थप खोज तथा उद्धारका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाबाट प्रहरी निरीक्षक विजय राज तिमल्सेनाको कमाण्डमा ११ जना, सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण हेडक्वार्टर हेटौंडाबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमाण्डमा १७ जना तथा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

बाढीमा यात्रुबाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको...
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...