नेभिगेशन
मुख्य समाचार

सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त, सरोकारवालाको चासो(तस्बिरहरु)

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा विस्तार भइरहेको सडक आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्। आइतबार बनेपामा आयोजना, निर्माण व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो। छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सडकहरू अवरोधरहित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। बनेपास्थित पुण्यमाता खोला पुल र भैंसीपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ। त्यस्तै पुलबजार क्षेत्रमा वर्षायाममा हुने डुबान रोक्न पुण्यमाता खोला गहिर्याउने, सफाइ गर्ने तथा संरक्षणका काम अगाडि बढाइने जनाइएको छ। खोलामाथिको पुलको सुरक्षाका लागि आवश्यक संरचनात्मक काम नि शीघ्र सम्पन्न गरिने तयारी गरिएको छ। सरोकारवालाले मुख्य सडक पूर्ण रूपमा कालोपत्र गर्न तत्काल सम्भव नभए पनि कम्तीमा सर्भिस ट्र्याक सञ्चालनयोग्य र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। सडक निर्माणको अव्यवस्था र धुलाम्मे अवस्थाका कारण दैनिक यात्रा प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको थियो। आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको छ। मुख्य लेनमा कालोपत्र गर्ने तयारी भइरहे पनि बिटुमिन अभावका कारण काम प्रभावित भएको जनाइएको छ। आवश्यक सामग्री व्यवस्थापनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ। करीब १५ दशमलव ८ किलोमिटर लामो उक्त सडक आयोजना तीन वर्षअघि सुरु गरिएको हो। पछिल्ला दुई महिनायता निर्माणको गति सुस्त बनेको छ। निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि तथा बजारको असहज अवस्थाका कारण काम प्रभावित भएको निर्माण कम्पनीहरूको भनाइ छ। यसअघि चालु आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल सो लक्ष्य प्रभावित बनेको देखिएको छ।

तस्बिरः विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260511-WA0550(1)-1778562704.jpg

Ncell
Extreme Energy

IMG-20260511-WA0549-1778562700.jpg

IMG-20260511-WA0548-1778562697.jpg

IMG-20260511-WA0547-1778562692.jpg

IMG-20260511-WA0541-1778562670.jpg

IMG-20260511-WA0542-1778562679.jpg

IMG-20260511-WA0544-1778562686.jpg

IMG-20260511-WA0546-1778562689.jpg

IMG-20260511-WA0539-1778562664.jpg

IMG-20260511-WA0537-1778562652.jpg

IMG-20260511-WA0533-1778562648.jpg

IMG-20260511-WA0530-1778562640.jpg

IMG-20260511-WA0514-1778562607.jpg

IMG-20260511-WA0518-1778562608.jpg

IMG-20260511-WA0521-1778562625.jpg

IMG-20260511-WA0525-1778562627.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...