नेभिगेशन
मुख्य समाचार

सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त, सरोकारवालाको चासो(तस्बिरहरु)

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा विस्तार भइरहेको सडक आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्। आइतबार बनेपामा आयोजना, निर्माण व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो। छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक सडकहरू अवरोधरहित रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ। बनेपास्थित पुण्यमाता खोला पुल र भैंसीपाटी खोला पुल आसपास अवरुद्ध बनेका सर्भिस लेन तथा सहायक मार्ग तत्काल सञ्चालनमा ल्याउन आवश्यक निर्माण कार्य अघि बढाइने बताइएको छ। त्यस्तै पुलबजार क्षेत्रमा वर्षायाममा हुने डुबान रोक्न पुण्यमाता खोला गहिर्याउने, सफाइ गर्ने तथा संरक्षणका काम अगाडि बढाइने जनाइएको छ। खोलामाथिको पुलको सुरक्षाका लागि आवश्यक संरचनात्मक काम नि शीघ्र सम्पन्न गरिने तयारी गरिएको छ। सरोकारवालाले मुख्य सडक पूर्ण रूपमा कालोपत्र गर्न तत्काल सम्भव नभए पनि कम्तीमा सर्भिस ट्र्याक सञ्चालनयोग्य र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन्। सडक निर्माणको अव्यवस्था र धुलाम्मे अवस्थाका कारण दैनिक यात्रा प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको थियो। आयोजनाका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र भौतिक प्रगति हाल करिब ७० प्रतिशत पुगेको छ। मुख्य लेनमा कालोपत्र गर्ने तयारी भइरहे पनि बिटुमिन अभावका कारण काम प्रभावित भएको जनाइएको छ। आवश्यक सामग्री व्यवस्थापनका लागि पहल भइरहेको आयोजनाले जनाएको छ। करीब १५ दशमलव ८ किलोमिटर लामो उक्त सडक आयोजना तीन वर्षअघि सुरु गरिएको हो। पछिल्ला दुई महिनायता निर्माणको गति सुस्त बनेको छ। निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि तथा बजारको असहज अवस्थाका कारण काम प्रभावित भएको निर्माण कम्पनीहरूको भनाइ छ। यसअघि चालु आर्थिक वर्षभित्र अधिकांश काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि हाल सो लक्ष्य प्रभावित बनेको देखिएको छ।

तस्बिरः विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260511-WA0550(1)-1778562704.jpg

Ncell
Extreme Energy

IMG-20260511-WA0549-1778562700.jpg

IMG-20260511-WA0548-1778562697.jpg

IMG-20260511-WA0547-1778562692.jpg

IMG-20260511-WA0541-1778562670.jpg

IMG-20260511-WA0542-1778562679.jpg

IMG-20260511-WA0544-1778562686.jpg

IMG-20260511-WA0546-1778562689.jpg

IMG-20260511-WA0539-1778562664.jpg

IMG-20260511-WA0537-1778562652.jpg

IMG-20260511-WA0533-1778562648.jpg

IMG-20260511-WA0530-1778562640.jpg

IMG-20260511-WA0514-1778562607.jpg

IMG-20260511-WA0518-1778562608.jpg

IMG-20260511-WA0521-1778562625.jpg

IMG-20260511-WA0525-1778562627.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...