नेभिगेशन
सबै कुरा

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ (अडियोसहित)

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का बुद्धिमान राई, नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबाट बिमित छन् । राईले वार्षिक ३५ सय रुपैयाँ बीमा शुल्क तिर्दै आएका छन् । यसबाट पाउने स्वास्थ्य सेवा लिनका लागि उनको नजिकको स्वास्थ्य केन्द्र हो, चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताल । पुस ४ गते स्वास्थ्यमा समस्या देखिएपछि राई अस्पताल पुगे । स्वास्थ्य बीमा भएपछि १ लाख बराबरको उपचारका लागि ढुक्क थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

चिकित्सकले उनलाई औषधि लेखिदिए । सबै औषधिको भुक्तानी स्वास्थ्य बीमाले कभर गर्ने भनेपनि लेखिएका सबै औषधि अस्पतालको फार्मेसीले दिएन । उनी फार्मेसीले दिएको मात्रै औषधी बोकेर घर फर्किए । तर नपाएका औषधीको जानकारी पुर्जीमा कतै उल्लेख गरिएन । बुद्धिमानले मात्र नभई चौदण्डीगढी आधारभुत अस्पतालमा स्वास्थ्य बिमाबाट पाइने सेवा लिन पुग्ने सबैले भोग्ने समस्या यही हो ।

बिरामीलाई चाहिने र स्वास्थ्य बिमाबाटै पाइने औषधि समेत नदिने फार्मेसी र अस्पतालका कर्मचारीले स्वास्थ्य बिमा बोर्डमा भने बिरामी पुर्जीमा लेखिएका सबै औषधिको भुक्तानी दाबी गर्ने गरेका छन् । पुर्जी लेखिएका तर नदिइएका औषधिको मात्र नभई, पुर्जीमा औषधिको नाम थप गरेर समेत भुक्तानी दाबी हुने गरेको अस्पतालका चिकित्सकले नै खुलासा गरेका छन् । 


यस्तो गर्दा पत्तो नै नपाई बिमित बिरामीले लिएको सेवा भन्दै धेरै रकम उनीहरूले पाउने १ लाख बराबरको थैलीबाट घट्दै जान्छ । बुद्धिमानका आफन्त बुद्धीहाङ राईसँग कुरा गर्दै चौदण्डीगढी आधारभुत अस्पतालका चिकित्सक डा.नन्दन साहले बिरामीको पुर्जी दुरुपयोग गरेर स्वास्थ्य बिमाको रकम हिनामिना भैरहेको बताएको हुन् ।

सिधाकुरालाई प्राप्त भएको डा.साहको अडियो रेकर्डअनुसार बिमित बिरामीको औषधि उपचार गरिएको पुर्जाको नक्कल फाइल चौदण्डीगढी नगर अस्पतालका कर्मचारीसँग पनि हुन्छ । ति पुर्जीमा उल्लेख भएका सबै औषधि बिरामीलाई दिइएको हुँदैन । 

तर कर्मचारीले बिरामीलाई नदिएको औषधिको समेत दाबी माग गर्छन् । डा. साहले भने नदिइएको औषधिको मात्रै होइन, चिकित्सकले लेखेका औषधिमा कर्मचारीले आफैँ थपेर समेत थप रकम भुक्तानी माग गर्छन् । तर बिरामीलाई भने यसको पत्तो हुँदैन ।

साहले अडियोमा भनेका छन्, ‘चिकित्सक भएर २ ओटा औषधि लेखेर पठाइदिएको हुन्छु । त्यो २ लाइनमा अट्छ । तर हस्ताक्षर गर्ने ठाउँ पेजको अन्त्यमा हुन्छ । अन्य ठाउँ खाली हुन्छ । त्यही खाली ठाउँमा थप औषधिको नाम लेखेर भुक्तानीका लागि पठाउने गरिएको छ ।’ उनी थप्छन्, ‘हस्ताक्षर भन्दा तलको औषधि बिमाले रिजेक्ट (अस्विकार) गर्ने भएकाले हस्ताक्षर सबैभन्दा अन्त्यमा मात्र गराउने गरिएको छ ।’ डा. शाहले बिरामीका नाममा पुर्जा बनाएर समेत बिमा रकम भुक्तानी हुने गरेको बताए ।

उनले भने ‘मलाई यति पैसा दिन्छु, नयाँ पुर्जा काट्दे भन्दै फोन आइरहेको हुन्छ । त्यसमा मैले आजसम्म पनि मबाट हुँदैन त्यो कुरा भन्ने गरेको छु । तपाईँले अरुलाई भन्नुहोस्, मबाट चाहिँ हुँदैन यो कुरा भन्ने गरेको छु । तर अरुबाट बिरामीका नाममा पुर्जा बनाएर बिमा रकम भुक्तानी लिने काम भैरहेको छ ।’

चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीले भने बिरामीका नाममा फर्जी पुर्जी बनाएर बिमा भुक्तानी दाबी गर्न नपाइने बताए । उनले भने ‘बिरामीलाई कम औषधी दिएर, धेरै औषधीको रकम भुक्तानी मागिएको छ भने सम्बन्धित सबै कारवाहीमा पर्छन् ।’

यता आधारभुत नगर अस्पतालका प्रमुख समेत रहेका मेयर कालुमान लामाले भने प्रमाणसहित गुनासो आए कारवाही गर्ने बताए । 

स्वास्थ्य विमा बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले भने बिरामीको खाताबाट बढी रकम भुक्तानी गरिएको पाइएमा सम्बन्धित अस्पतालसँगको सम्झौता रद्दसँगै संलग्न व्यक्तिहरूलाई कारवाही हुने बताइन् ।‘बिरामीले सुविधा लिएको एक हप्ता भित्र अस्पतालले भुक्तानीका लागि बोर्डमा पठाइसकेका हुन्छन्, चिकित्सकको हस्ताक्षरसहित प्राप्त भएका कागजपत्रलाई हेरेर भुक्तानी गरिन्छ।’ कडेलले भनिन्, ‘बोर्डमा पठाउने बेलामै फर्जी विवरण भरेर पठाइएको छ भने छानबिन हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...

भर्खरै