नेभिगेशन
सबै कुरा

नक्कली शैक्षिक कागजात पेश गरेर क्याप्टेन बनेको आरोपमा वायुसेवा निगमका क्याप्टेनविरूद्ध मुद्दा दर्ता

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मुद्दा दायर गरेको छ । आयोगले बिहिबार काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा नियुक्त भएका उनी जुनियर क्याप्टेन हुँदै क्याप्टेनमा बढुवा भएका थिए । उनले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए। 

Ncell
Extreme Energy

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आयोगमा उजुरी परेको थियो । उक्त उजुरीउपर अनुसन्धान गरेको आयोगले उनको प्रमाणपत्र नक्कली भएको निस्कर्ष निकालेको थियो । उनले नक्कली कागजात पेश गरेर क्याप्टेन पदको लाभ लिइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। 

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।