नेभिगेशन
सबै कुरा

नक्कली शैक्षिक कागजात पेश गरेर क्याप्टेन बनेको आरोपमा वायुसेवा निगमका क्याप्टेनविरूद्ध मुद्दा दर्ता

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मुद्दा दायर गरेको छ । आयोगले बिहिबार काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा नियुक्त भएका उनी जुनियर क्याप्टेन हुँदै क्याप्टेनमा बढुवा भएका थिए । उनले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए। 

Ncell
Extreme Energy

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आयोगमा उजुरी परेको थियो । उक्त उजुरीउपर अनुसन्धान गरेको आयोगले उनको प्रमाणपत्र नक्कली भएको निस्कर्ष निकालेको थियो । उनले नक्कली कागजात पेश गरेर क्याप्टेन पदको लाभ लिइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। 

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...