नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप

स्वास्थ्य बीमा बोर्डले माग्यो चौदण्डीगढी नगर अस्पतालसँग जवाफ, अनुसन्धान गर्न बीमा सेवा लिएका बिरामीको पूर्जा खोजिदै

काठमाडाैँ ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा भुक्तानी गरिएका बिरामीको विस्तृत विवरण जवाफ माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरामा चौदण्डीगढी अस्पतालमा बिरामीकाे विवरण किर्ते गरि रकम भुक्तानी लिने गरेको समाचार चिकित्सककै बयान सहित प्रकाशन भएपछि बोर्डको ध्यानाकर्षण भएको हो । बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलका अनुसार अस्पताललाई तीनदिन भित्र विवरण सहित जवाफ बुझाउन निर्देशन गरिएको छ ।

Ncell
Extreme Energy

साथै बोर्डले चौदण्डीगढी आधारभुत नगर अस्पतालमा स्वास्थ्य बीमा मार्फत सेवा लिएका सेवाग्राहीलाई समेत बिरामी पूर्जी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।

सूचना अधिकारी कडेलले भनिन्, बिरामीको वास्तविक पूर्जीमा भएको औषधीको विवरण र बीमा बोर्डमा भुक्तानीका लागि पेश भएको विवरण फरक भएको हुन सक्ने भएकाले थप बिरामीको समेत पूर्जी खोजिएको छ ।

चौदण्डीगढी आधारभुत नगर अस्पतालमा बिरामीलाई दिएको औषधी र सेवा भन्दा, अस्पतालले बिमा बोर्ड भुक्तानीका लागि धेरै दाबी गर्ने गरेको अस्पतालकै चिकित्सक डा नन्दन साहले खुलासा गरेका थिए ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ (अडियोसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।