नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप

स्वास्थ्य बीमा बोर्डले माग्यो चौदण्डीगढी नगर अस्पतालसँग जवाफ, अनुसन्धान गर्न बीमा सेवा लिएका बिरामीको पूर्जा खोजिदै

काठमाडाैँ ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाको आधारभुत नगर अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा भुक्तानी गरिएका बिरामीको विस्तृत विवरण जवाफ माग गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरामा चौदण्डीगढी अस्पतालमा बिरामीकाे विवरण किर्ते गरि रकम भुक्तानी लिने गरेको समाचार चिकित्सककै बयान सहित प्रकाशन भएपछि बोर्डको ध्यानाकर्षण भएको हो । बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलका अनुसार अस्पताललाई तीनदिन भित्र विवरण सहित जवाफ बुझाउन निर्देशन गरिएको छ ।

Ncell
Extreme Energy

साथै बोर्डले चौदण्डीगढी आधारभुत नगर अस्पतालमा स्वास्थ्य बीमा मार्फत सेवा लिएका सेवाग्राहीलाई समेत बिरामी पूर्जी उपलब्ध गराई सहयोग गर्न आग्रह गरेको छ ।

सूचना अधिकारी कडेलले भनिन्, बिरामीको वास्तविक पूर्जीमा भएको औषधीको विवरण र बीमा बोर्डमा भुक्तानीका लागि पेश भएको विवरण फरक भएको हुन सक्ने भएकाले थप बिरामीको समेत पूर्जी खोजिएको छ ।

चौदण्डीगढी आधारभुत नगर अस्पतालमा बिरामीलाई दिएको औषधी र सेवा भन्दा, अस्पतालले बिमा बोर्ड भुक्तानीका लागि धेरै दाबी गर्ने गरेको अस्पतालकै चिकित्सक डा नन्दन साहले खुलासा गरेका थिए ।

स्वास्थ्य बिमामा चौदण्डीगढी नगर अस्पतालको लुट, चिकित्सक नै भन्छन्, फर्जी पुर्जी बनाएर भुक्तानी दाबी गरिन्छ (अडियोसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...