नेभिगेशन
समाज

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ ।

समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले समस्याग्रस्त सहकारीमा १० हजार रुपैयाँभन्दा कम भएका बचतकर्तालाई रकम फिर्ता गर्न सुरू गरिएको बताउँदै यस कार्यलाई निरन्तरता दिइने र क्रमिक रूपमा ठूला बचतकर्ताको निक्षेप पनि फिर्ता गरिने जानकारी दिए ।

Ncell
Extreme Energy

निक्षेपकर्ताको बचत फिर्ताका लागि समस्याग्रस्त सहकारीहरूको ऋण असुली गर्ने कामसमेत भइरहेको जनाइएको छ । करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ समस्यामा छ । सहकारीपीडितको रकम फिर्ता गर्ने उद्देश्यले चक्रीय कोष सञ्चालनको कार्यविधि तयार पारेको मन्त्रालयले स्रोत व्यवस्थापन लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

त्यसैगरी, मन्त्रालयले सोमबारदेखि सहकारी व्यवस्थापन समितिमार्फत ३७८ जना सहकारी सदस्यका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । कान्तिपुर सहकारीका २१५, शिवशिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताको निक्षेप फिर्ता गरेको हो । बैंक भेरीफाइ भएका बचतकर्ताको रकम फर्काइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इजरायल जान दुई वर्षदेखि प्रतीक्षामा रहेकालाई प्राथमिकता दिनुपर्ने भन्दै  प्रदर्शन

इजरायल जान दुई वर्षदेखि प्रतीक्षामा रहेकालाई प्राथमिकता दिनुपर्ने भन्दै प्रदर्शन

प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई वेवास्ता गरि नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

विराटनगरमा सुकुम्वासी प्रदर्शन, विकल्पसहित उठाउन आग्रह

उनीहरुले विराटनगर स्थित संसारी माइस्थानबाट शुरु गरेको विरोध र्‍याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिएका थिए ।
ऊर्जा मन्त्रालयको हटलाइनमा आए १० हजार बढी गुनासा, ईभी चार्जिङ नभेटिएको देखि मिटर नपाएकासम्म समस्या

ऊर्जा मन्त्रालयको हटलाइनमा आए १० हजार बढी गुनासा, ईभी चार्जिङ नभेटिएको देखि मिटर नपाएकासम्म समस्या

मन्त्रालयका अनुसार चैत १५ गते यता मात्रै हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् ।
पोखराको पृथ्वीचोक नजिकै रहेको सुकुम्बासी बस्ती (तस्बिरहरु)

पोखराको पृथ्वीचोक नजिकै रहेको सुकुम्बासी बस्ती (तस्बिरहरु)

राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्याङ्क अनुसार पोखरा महानगरभित्र कुल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क...