नेभिगेशन
सबै कुरा

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टुटल स्थापना गर्दाका साझेदारहरूले जिल्ला प्रहरी परिसर, काठमाडौँमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले बताएको छ । उनी गत बिहिबार पक्राउ परेका हुन् ।

Ncell
Extreme Energy

उनीमाथि प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोप रहेको छ ।

टुटल स्थापना गर्दाका साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा भएको सम्झौता पछिल्लो समय आएर नमिल्दा उनका साझेदारले उनीविरुद्ध जाहेरी दिएका हुन् ।

साझेदारहरूको विवादका कारण बन्द भएको टुटल केही महिनाअघि भट्टले संचालनमा ल्याएका थिए । उक्त समयमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए। पछि उनीहरुले प्रहरीमा समेत उजुरी दिएका हुन् । 

साथीहरुबिच भएको विवादका कारण प्रहरीले दोस्रो पक्षलाई छलफलका लागि बोलाउने र समस्या समाधान नभए आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थपि अनुसन्धान गर्ने प्रहरीले बताएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।