नेभिगेशन
सबै कुरा

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

टुटल स्थापना गर्दाका साझेदारहरूले जिल्ला प्रहरी परिसर, काठमाडौँमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले बताएको छ । उनी गत बिहिबार पक्राउ परेका हुन् ।

CG

उनीमाथि प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोप रहेको छ ।

टुटल स्थापना गर्दाका साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा भएको सम्झौता पछिल्लो समय आएर नमिल्दा उनका साझेदारले उनीविरुद्ध जाहेरी दिएका हुन् ।

साझेदारहरूको विवादका कारण बन्द भएको टुटल केही महिनाअघि भट्टले संचालनमा ल्याएका थिए । उक्त समयमा टुटल छाडिसकेका उनका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए। पछि उनीहरुले प्रहरीमा समेत उजुरी दिएका हुन् । 

साथीहरुबिच भएको विवादका कारण प्रहरीले दोस्रो पक्षलाई छलफलका लागि बोलाउने र समस्या समाधान नभए आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थपि अनुसन्धान गर्ने प्रहरीले बताएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...