नेभिगेशन
समाज

वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउन वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन संशोधनको गृहकार्य भइरहेको बताएका हुन् ।

बैठकमा उनले भने ‘वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउने गृहकार्य भइरहेको छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने र युवाहरुलाई उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्याप्रति पनि सरकार उत्तिकै संवेदनशील रहेको बताए । ‘वैदेशिक रोजगारीमा रहेका युवाहरुको स्वास्थ्य र सुरक्षाप्रति सरकार पूर्णरुपमा संवेदनशील छ । उद्दारका लागि पनि नियमित रुपमा पहल भइरहेको छ’ उनले भने ।

Ncell
Extreme Energy

वैदेशिक रोजगारीका नाममा हुने ठगी र शोषणमा सरकारको शून्य सहनशीलता नीति रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा हुने सबै प्रकारका ठगी नियन्त्रण गर्न सरकार क्रियाशील रहेको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै