नेभिगेशन
समाज

अब मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने

काठमाडौँ । अब कुनै पनि घटना वा अपराधको उजुरी घरमै बसेर दिन सकिने भएको छ । 

नेपाल प्रहरीको मोबाइल एपमार्फत घरबाटै उजुरी दिन सकिने व्यवस्था सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब नागरिकले घटनाको विवरण उल्लेख गरी मोबाइलबाटै अनलाइन उजुरी दर्ता गर्न सक्नेछन् ।

Ncell
Extreme Energy

यो सँगै अब उजुरी दिनकै  लागि प्रहरी कार्यालयसम्म धाउनु बाध्यता हटेको छ । 

उजुरीकर्ताले आफू रहेको स्थान वा घटना भएको सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयलाई सम्बोधन गरी उजुरी पठाउन सक्ने व्यवस्था मिलाइएको छ ।

कसरी दिने उजुरी ?

यो सेवा प्रयोग गर्न प्रयोगकर्ताले नेपाल प्रहरीको को आधिकारिक मोबाइल एप 'Nepal Police' डाउनलोड गरी साइन अप गर्नुपर्ने हुन्छ ।

Nepalpolice-1779264514.png
एपभित्र रहेको ‘रजिस्टर कम्प्लेन’ (Register Complaint) सेवामा गएर विभिन्न शीर्षकहरूमा उजुरी दिन सकिने व्यवस्था छ । 

एपमा दुर्घटना, साइबर अपराध, चोरी, घरेलु हिंसा, लागूऔषध, आर्थिक अपराध लगायतका शीर्षकहरू छुट्याइएको छ ।

आवश्यक शीर्षक छनोट गरी उजुरी दिन सकिने छ ।

उजुरीसँगै घटनाको प्रमाणका रूपमा भएका फोटो, अडिओ र भिडिओ पनि अपलोड गर्न सकिने छ।

त्यसपछि उजुरी सबमिट गर्नुपर्ने हुन्छ । तपाईको उजुरीको अवस्था एपबाट निगरानी गर्न सकिने प्रहरीले जनाएको छ । 

साथै उजुरी दर्ता भएपछि सम्बन्धित विभाग तथा ब्युरोले तत्कालै अनुसन्धान तथा कारबाही थाल्ने छन् । 

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा सुरु गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।