नेभिगेशन
सबै कुरा

सिरक माग्दा सिरहा कारागारमा कैदीमाथि मरणासन्न कुटपिट (भिडियो सहित)

सिरहा । सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमध्ये सुनिलकाे अवस्था  गम्भीर रहेकाे जनाइएकाे छ । हाल बिराटनगरमा उपचार भइरहेको  उनलाई २५ वटा टाका लगाइएको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ ।

Ncell
Extreme Energy

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ ।

यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...