नेभिगेशन
सबै कुरा

सिरक माग्दा सिरहा कारागारमा कैदीमाथि मरणासन्न कुटपिट (भिडियो सहित)

सिरहा । सिरहा कारागारमा एक कैदीबन्दी उपर मरणासन्न कुटपिट भएको छ । जेल सजाय काटिरहेका सुनिल कुमार यादवसहित २० जनाबढीमाथि गत बुधबार कुटपिट भएको हो ।

जसमध्ये सुनिलकाे अवस्था  गम्भीर रहेकाे जनाइएकाे छ । हाल बिराटनगरमा उपचार भइरहेको  उनलाई २५ वटा टाका लगाइएको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखेको छ ।

CG

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ ।

यस घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सनासो प्रहार गरी श्रीमतीको हत्या

सनासो प्रहार गरी श्रीमतीको हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

उडान भर्नै लाग्दा यात्रुले विमानको आपतकालिन ढोका खोलिदिएपछि....

घटनापछि चेकजाँच पश्चात्मात्र सो उडान भर्ने भन्दै ढिलो हुन गएको प्रति यात्रुवर्गसंग बुघ एयरले असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै उक्त कार्यमा संलग्न यात्रुलाई आवश्यक कारबाहीका लागि...
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर...