नेभिगेशन
सबै कुरा

सर्लाही झडप अपडेट : एकको मृत्यु, आधा दर्जन प्रहरी र प्रदर्शनकारी घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका परिसरमा स्थानीय र प्रहरीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको हो । 

Ncell
Extreme Energy

त्यस्तै झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीका कारण एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ अर्का एक प्रदशर्नकारी समेत घाइते भएका छन्  । दोहोरो झडपका क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् । 

नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो । 

त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका  प्रमुख कल्पनाकुमारी कटुवालको घर र गाडीमा समेत तोडफोड गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।