नेभिगेशन
सबै कुरा

 वरिष्ठ अधिवक्ता भण्डारीले एक सातासम्म अदालतको आदेश बुझ्न मानेनन्

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले  नै एक सातासम्म अदालतको आदेश बुझ्न अस्वीकार गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध श्रीमती जानकी पाण्डेले हालेको घरेलु हिंसासम्बन्धी मुद्दामा जिल्ला अदालतले ललितपुरले भण्डारीका नाममा आदेश जारी गरेको थियो । पुस १३ गते ललितपुर जिल्ला अदालतले सुरेन्द्र भण्डारीका नाममा अन्तरिम संरक्षणात्मक आदेशको सूचना जारी गरेको थियो ।

Ncell
Extreme Energy

आदेशमा भनिएको छ वादी जानकी पाण्डेलाई कुटपिट नगर्नु, शिष्ट तथा सभ्य व्यवहार गर्नु, साथै गाली बेइज्जती गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने, पीडित छुट्टै बसेको ठाउँमा वा बाटोघाटोमा वा कार्यालयमा गई वा कुनै किसिमको सञ्चार माध्यमद्वारा वा अन्य कुनै प्रकारको दुख दिने वा सताउने कार्य नगर्नु नगराउनु भन्ने समेत व्यवहारको तपाईंको नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरिएको छ ।

यही आदेशको सूचना पुर्याउन अदालतको एक कर्मचारी एक साता देखि कुदिरहेका छन् । 'ति कर्मचारीले भने 'बाटोमै भेटेर भएपनि दिने भनेको उहाँ सम्पर्कमै आउनुहुन्न' ।

भण्डारीले विवाह दर्ता नदिएको तथा घरेलु हिंसा गरेका भन्दै श्रीमती जानकी पाण्डे दुई साता अघि अदालत पुगेकी थिइन्। 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन् (भिडियो रिपोर्ट)




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।