नेभिगेशन
समाज

ईपीएस अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले गरे काठमाडौँमा प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार (जेठ ११ गते) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्। ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन्। कोरियाली रोजगारदाताबाट ‘रोस्टर मा परे पनि श्रम सम्झौता (लेबर कन्ट्र्याक्ट) नआउनु, सीमित श्रम कोटा, प्रक्रिया ढिलाइ, कोभिड–१९ महामारीपछिको प्रभाव तथा नेपाल–कोरिया श्रम आपूर्ति प्रक्रियामा देखिएको प्रशासनिक जटिलताका कारण धेरै युवाहरू अझै जान नसकेको उनीहरूको गुनासो छ। प्रदर्शनमा सहभागी युवाहरूले भाषा परीक्षा उत्तीर्ण गर्न वर्षौं समय खर्चिएको, तालिम तथा कागजी प्रक्रियामा ठूलो रकम लगानी गरेको भए पनि रोजगारका लागि कोरिया जान नपाएको बताएका छन्। उनीहरूले सरकारले प्रक्रिया पारदर्शी बनाउन, श्रम कोटा वृद्धि गर्न तथा छिटो पठाउने व्यवस्था मिलाउन माग गरेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...