नेभिगेशन
सबै कुरा

प्रहरीको गोलीबाट ज्यान गुमाएका साह आन्दोलनकारी होइनन्, सर्लाहीमा बिहानैदेखि प्रदर्शन

जनकपुरधाम । सर्लाहीको बरहथवामा कफ्र्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा जयशंकर साहको मृत्यु भएको थियो ।

Ncell
Extreme Energy

प्रदर्शन नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कफ्र्यु जारी गरेको थियो ।

कफ्र्युको समय सकिएपनि आज बिहान ८ बजेदेखि भोलि  बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा भने जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा  सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने छैन ।

मृतक आन्दोलनकारी होइनन्

शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवा जयशंकर साह आन्दोलनकारी नभएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बताएका हुन् ।

उनि होटल तथा कुखुरा दानाको होलसेल विक्रेता हुन् । आन्दोलनकारीले हतियार खोस्न खोज्दा चलेको गोली साहलाई लागेको पाइएपनि थप अनुसन्धान जारी रहेको प्रहरीको दाबी छ । 

साहको शव अहिलेसम्म उठेको छैन । साहको शव सडकमै राखेर स्थानीयले प्रदर्शन जारी राखेका छन् । आज बिहानैदेखि सर्लाहीको कविलासी, सलेमपुर लगायतका स्थानमा पनि प्रर्दशन सुरु भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...