नेभिगेशन
सबै कुरा

मेयर-उपमेयरको जुधाईले गरुडा नगरपालिका लथालिङ्ग

रौतहट । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा एमालेका नगर प्रमुख कन्थमणी जयसबाल निर्वाचित भएयता लथालिङ्ग बन्दै गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पालिकालाई आफन्त र आसेपासेमार्फत एकलौटी, मनोमानी ढङ्गले चलाउन खोजेका जयसवालका कारण दिनहुँ जसो धर्ना ,बिरोधका कार्यक्रम हुँदा पालिकाका दैनिक काम भद्रगोल बन्दै गएको छ ।

Ncell
Extreme Energy

शुक्रबार पालिकाकी उपप्रमुख पुनम चौधरीसहितका जनप्रतिनिधिले पालिकाको कार्यालयमै ताला लगाएर धर्नामा बसेपछि पालिकामा चरम असन्तुष्टि रहेको प्रष्ट बुझिन्छ । कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ९ जना जनप्रतिनिधि धर्नामा बसेका छन् ।

उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन् । विभिन्न ६ बुदे माग राख्दै पालिकाको मुख्य गेटमै तालाबन्दी गरि धर्नामा बसेका हुन् । पहिलो चरणको आन्दोलन स्वरुप उनीहरूले कार्यालयमा ताल्चा लगाइ कार्यालय अगाडि धर्नामा बसेका छन । कार्यालयमा लगाइएको ताल्चा खोल्न पुग्दा मेयर जयसवाल र आन्दोलनरत पक्ष बिच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

मेयर र आन्दोलनरत जनप्रतिनिधि समर्थकबीच विवाद उत्पन्न हुँदा केही बेर गरुडाको अवस्था तनावग्रस्त भएको थियो ।

महिनौँदेखि तलब भत्ताबाट बञ्चित रहेका करारका कर्मचारीलाई बाँकी रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने, नगर सभाका निर्णयहरू कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने, गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पूर्ण खर्चहरू कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, जथाभावी नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान बजेट बिनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।

मेयर जयसवालले आफु सहित कार्यपालिकाको बहुमत सदस्यहरूलाई पेलेर एक्लौटी रूपमा हिड्‌न थालेपछी बाध्य भएर आफुहरुलाइ आन्दोलनमा उत्रिनु परेको उपमेयर पुनम देवी चौधरी बताउँछिन् । कर्मचारी र आफूहरूले पाउने विभिन्न सेवा सुविधा समेत मेयर जयसवालले कटौती गरेको उपमेयर चौधरीले गुनासो गरिन ।

आफूखुसी बजेट बिनियोजन गर्न खोजेको तथा एक्लौटी शासन गर्न खोजेको कारण आफूहरू आन्दोलित बनेको कार्यपालिका सदस्यहरू बताउँछन । यता गरुडाका मेयर जयसवालले आफ्ना निहित स्वार्थ पुरा नहुँदा उपमेयर चौधरी सहितका कार्यपालिका सदस्य आन्दोलनमा उत्रिएको प्रतिक्रिया दिए ।

धर्नामा बसेकाहरूले आआफ्ना वडामा एक,  एक करोड बजेट दिन माग गरेको र आफूले त्यति बजेट दिन नसकिने बताएपछि उनीहरू पालिकामा तालाबन्दी गरी जनतालाई दुख दिने नियतले आन्दोलन गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

सरकारले भन्यो– ड्याम फुटेको होइन, ओभर फ्लो भएको हो

भोटेकोशी नदीमा लेदो सहितको पानीको बहाव बढिरहँदा सरकारले तिब्बततर्फ थुनिएको खोलाको बाँध फुटेको नभई ओभर फ्लो भएका कारण नदीमा पानीको सतह बढेको बताएको छ ।
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

विदुरमा बाढीपीडितलाई भेटेर फर्किए बालेन

प्रधानमन्त्री बालेन शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

नुवाकोटको विदुर पुगेर क्षतिको जानकारी लिँदै प्रधानमन्त्री बालेन

दुर पुगेलगत्तै प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख लगायतबाट  ‘ब्रिफिङ’ लिएका छन् ।