नेभिगेशन
सबै कुरा

मेयर-उपमेयरको जुधाईले गरुडा नगरपालिका लथालिङ्ग

रौतहट । रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकामा एमालेका नगर प्रमुख कन्थमणी जयसबाल निर्वाचित भएयता लथालिङ्ग बन्दै गएको छ ।

पालिकालाई आफन्त र आसेपासेमार्फत एकलौटी, मनोमानी ढङ्गले चलाउन खोजेका जयसवालका कारण दिनहुँ जसो धर्ना ,बिरोधका कार्यक्रम हुँदा पालिकाका दैनिक काम भद्रगोल बन्दै गएको छ ।

CG

शुक्रबार पालिकाकी उपप्रमुख पुनम चौधरीसहितका जनप्रतिनिधिले पालिकाको कार्यालयमै ताला लगाएर धर्नामा बसेपछि पालिकामा चरम असन्तुष्टि रहेको प्रष्ट बुझिन्छ । कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ९ जना जनप्रतिनिधि धर्नामा बसेका छन् ।

उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्षसहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन् । विभिन्न ६ बुदे माग राख्दै पालिकाको मुख्य गेटमै तालाबन्दी गरि धर्नामा बसेका हुन् । पहिलो चरणको आन्दोलन स्वरुप उनीहरूले कार्यालयमा ताल्चा लगाइ कार्यालय अगाडि धर्नामा बसेका छन । कार्यालयमा लगाइएको ताल्चा खोल्न पुग्दा मेयर जयसवाल र आन्दोलनरत पक्ष बिच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

मेयर र आन्दोलनरत जनप्रतिनिधि समर्थकबीच विवाद उत्पन्न हुँदा केही बेर गरुडाको अवस्था तनावग्रस्त भएको थियो ।

महिनौँदेखि तलब भत्ताबाट बञ्चित रहेका करारका कर्मचारीलाई बाँकी रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने, नगर सभाका निर्णयहरू कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने, गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पूर्ण खर्चहरू कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, जथाभावी नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान बजेट बिनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।

मेयर जयसवालले आफु सहित कार्यपालिकाको बहुमत सदस्यहरूलाई पेलेर एक्लौटी रूपमा हिड्‌न थालेपछी बाध्य भएर आफुहरुलाइ आन्दोलनमा उत्रिनु परेको उपमेयर पुनम देवी चौधरी बताउँछिन् । कर्मचारी र आफूहरूले पाउने विभिन्न सेवा सुविधा समेत मेयर जयसवालले कटौती गरेको उपमेयर चौधरीले गुनासो गरिन ।

आफूखुसी बजेट बिनियोजन गर्न खोजेको तथा एक्लौटी शासन गर्न खोजेको कारण आफूहरू आन्दोलित बनेको कार्यपालिका सदस्यहरू बताउँछन । यता गरुडाका मेयर जयसवालले आफ्ना निहित स्वार्थ पुरा नहुँदा उपमेयर चौधरी सहितका कार्यपालिका सदस्य आन्दोलनमा उत्रिएको प्रतिक्रिया दिए ।

धर्नामा बसेकाहरूले आआफ्ना वडामा एक,  एक करोड बजेट दिन माग गरेको र आफूले त्यति बजेट दिन नसकिने बताएपछि उनीहरू पालिकामा तालाबन्दी गरी जनतालाई दुख दिने नियतले आन्दोलन गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...