काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सीमापार विपद् न्यूनीकरणका लागि नेपालसँगै सहकार्य गर्न दुई छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेका छन् ।
भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आज काठमाडौँमा आयोजना गरेको 'सीमापार विचारहरूको आदान–प्रदान' कार्यक्रममा सभापति लामिछानेले तीन देशका बीचमा सहकार्य भएमा क्षति न्यूनीकरण गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु परिवर्तन भइसकेको हुनाले, हामीले यसअनुकूलनको योजना बनाउनैपर्छ।’
उनले थपे– ‘हामीले हिमनदी पग्लन वा हिउँ खस्नबाट रोक्न नसकौंला। तर, यसबाट हुने आकस्मिक झट्कालाई भने हामी रोक्न सक्छौं।’
सभापति लामिछानेले यो बाढीले नेपाललाई मात्र नभई सीमापारि चीनमा पनि क्षति पुर्याएको उल्लेख गर्दै बाढीले देश नचिन्ने बताए ।
उनले भने– ‘हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु भएर अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्। बुधबार बिहान नेपालमा जसले जनधनको क्षति पुर्यायो, त्यो पानीले आफू कुन देशको भूभाग भएर बगिरहेको छु भनेर सोध्न कतै रोकिएन।’
सभापति लामिछानेले बाढी लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेपालका मित्र राष्ट्रहरुले देखाएको चासो, साथ र सहयोगप्रति आभार व्यक्त गरे ।
यस्तो छ सभापति लामिछानेको सम्बोधनको पूर्णपाठ
जब मैले यहाँ सम्बोधन गर्ने निमन्त्रणा स्वीकार गरें, त्यतिबेला बदलिँदो परिवेशमा नेपाल–भारत सम्बन्धबारे हाम्रो दृष्टिकोण प्रस्तुत गर्न म यहाँ उभिनेछु भन्ने अपेक्षा गरेको थिएँ।
तर हिजो बिहान सबै कुरा बदलियो।
कुनै पनि कुरा राख्नुअघि, म यस हलमा उपस्थित सबैलाई मसँगै उभिन र बुधबार हामीले गुमाएका मानिसहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न अनुरोध गर्दछु।
बुधबार बिहान, रसुवा र नुवाकोटमा आएको आकस्मिक बाढीले गाउँहरू र जलविद्युत आयोजनाहरू बगे, पूर्वाधारहरू नष्ट भए र विशेष गरी भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा धेरै मानिसहरूले ज्यान गुमाए। घरहरू बगेका छन्। सडक र पुलहरू भत्किएका छन्। परिवारहरू नदीको किनारमा बसेर आफन्तको प्रतीक्षा गरिरहेका छन्।
म अहिले नै तपाईंहरूलाई यकिन तथ्याङ्क दिन सक्दिनँ। गणना अझै पूरा भएको छैन। म यति मात्र भन्न सक्छु कि नेपाल सरकार हरेक मोर्चामा सक्रिय भएको छ — हाम्रा सुरक्षा निकायहरू मार्फत खोज तथा उद्धार कार्य भइरहेको छ र प्रभावित जिल्लाहरूमा राहत सामग्री पठाइँदैछ।
अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेकाप्रति म कृतज्ञता व्यक्त गर्न चाहन्छु। साथै, स्थानीय समुदायहरूप्रति पनि आभार व्यक्त गर्दछु, जसले — यस देशमा सधैं झैं — अरू कोही पुग्नुभन्दा धेरै अघि नै उद्धारको पहिलो कदम चाले।
म विदेशमा रहेका हाम्रा मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु। हिजो साँझ हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूसँग टेलिफोन संवाद गर्नुभएकामा तथा नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने भारतको प्रस्तावप्रति म प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभारी छु — जुन प्रस्ताव अन्तर्गत राहत सामग्रीहरू पनि पठाइसकिएको छ र ती हिजो राति नै आइपुगेका छन्। अन्य धेरै साझेदारहरू पनि यही भावनाका साथ सहयोगका लागि अगाडि आएका छन्। यस्तो कठिन समयमा देखाइएको ऐक्यबद्धता कुनै औपचारिकता मात्र होइनस यो हृदयदेखि नै महसुस गरिएको छ।
दिदीबहिनी तथा दाजुभाइहरू, म एउटा कुरा राख्न चाहन्छु र त्यसपछि मेरो भनाइ टुङ्ग्याउनेछु।
यो बाढीले नेपाललाई मात्र असर गरेको छैन। यसले सीमापारि चीनमा पनि क्षति पुर्याएको छ र त्यहाँको पूर्ण विवरण अझै आउने क्रममा छ।
यसले हामीलाई त्यस्तो कुराको बोध गराउँछ जुन हामीलाई पहिल्यै थाहा थियो, तर जसमाथि हामीले कहिल्यै उचित कदम चालेनौं। नेपाल, भारत र चीन तीन अलग(अलग देश हुन्। तर हामी एउटै पर्वतीय प्रणालीमा आबद्ध छौं। हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु भएर अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्। बुधबार बिहान नेपालमा जसले जनधनको क्षति पुर्यायो, त्यो पानीले आफू कुन देशको भूभाग भएर बगिरहेको छु भनेर सोध्न कतै रोकिएन।
हाम्रा संस्थाहरूमा आउने परिवर्तनको गतिभन्दा हिमालयमा भइरहेको परिवर्तनको गति तीव्र छ। हिमनदीहरू पछि हटिरहेका छन्। जहाँ हिउँ थियो, त्यहाँ तालहरू बनिरहेका छन्।
त्यसैले, यदि यो भेला सीमापार विचारहरूको आदानप्रदानका लागि हो भने, म मसँग भएको सबैभन्दा अत्यावश्यक विचार यहाँ राख्न चाहन्छु।
आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्व(सूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु परिवर्तन भइसकेको हुनाले, हामीले यसअनुकूलनको योजना बनाउनैपर्छ।
हामीले हिमनदी पग्लन वा हिउँ खस्नबाट रोक्न नसकौंला। तर, यसबाट हुने आकस्मिक झट्का वा आश्चर्यमा पर्ने अवस्थालाई भने हामी रोक्न सक्छौं। र, हामी उपत्यकामा बसोबास गर्ने परिवारलाई ती २० मिनेटको समय दिन सक्छौं जसले उनीहरूको जीवन रहने वा नरहने भन्ने निर्णय गर्छ।
म आज यहाँ आएको छु किनभने मलाई विश्वास छ कि यो संवाद महत्त्वपूर्ण छ। तर, यो कुनै सामान्य दिउँसो हो भनी म दाबी गर्दिनँ।
बुधबार आफ्ना प्रियजन गुमाएका वा आफ्ना घर र बस्तीहरू बाढीले बगाएको देख्नुपरेका परिवारहरूसँगै सिङ्गो देश शोकमा डुबेको छ।
हामी भाग्यमानी छौं कि विश्वभरका हाम्रा मित्रहरूबाट यति न्यानो सन्देश र ऐक्यबद्धता प्राप्त गरेका छौं। यस कठिन घडीमा हामीसँग साथ दिने विश्वका नेताहरू, द्विपक्षीय निकायहरू, विकास साझेदारहरू तथा मित्र र परिवारजनप्रति म यस अवसरमा आभार व्यक्त गर्न चाहन्छु। पूर्व(निर्धारित विषयमा छलफल गर्न नसकेकोमा म क्षमाप्रार्थी छु। तर म आशावादी छु कि भविष्यमा मलाई ूएक आकांक्षी नेपाल र उदाउँदो भारतस् सँगै मिलेर हाम्रो भविष्य निर्माणू भन्ने विषयमा आफ्ना विचारहरू राख्ने अवसर पुनः मिल्नेछ। नेपाल आउनुभएकोमा ल्म्त्ख् र यसको टोलीलाई धन्यवाद। यहाँहरूको नेपाल बसाइ सुखद रहोस्। (रास्वपा सभापति लामिछानेले व्यक्त गरेको धारणाको सम्पादित अंश)