नेभिगेशन
समाज
बर्डफ्लु पुष्टि

काठमाडौँमा बर्डफ्लु पुष्टि, गोकर्णेश्वरका २, ३ र ४ वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’भेटियाे

काठमाडौँ । काठमाडौँको  गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि भेटिएको छ ।  गोकर्णेश्वर नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’को सङ्क्रमण भेटिएको पुष्टि भएको हो । 
नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले सङ्क्रमण देखिएका क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ।

संक्रमणलाई थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले व्यावसायिक फार्म सञ्चालकहरूका लागि कडा मापदण्ड सहित  निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीद्वारा जारी सूचना अनुसार पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 यदि प्रवेश गराउनै पर्ने भएमा पूर्ण रूपमा डिसन्फेक्सन गरेर मात्र प्रवेश गराउनुपर्नेछ । एउटा फार्ममा काम गर्ने श्रमिकहरू अर्को फार्ममा जान नपाउने र प्रयोग भइसकेका अण्डा राख्ने कागजका क्रेटहरू पुनः प्रयोग गर्न नपाइने व्यवस्था लागू गरिएको सूचनामा उल्लेख छ ।

Marvel
Extreme Energy

प्रत्येक फार्मको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा उपयुक्त निसंक्रामक औषधिको प्रयोग गरी ‘फुटबाथ’ (खुट्टा डुबाउने ठाउँ) को व्यवस्था गर्न भनिएको छ । फार्म भित्र प्रवेश गर्दा र बाहिर निस्कँदा सो फुटबाथको प्रयोग अनिवार्य गरिएको छ ।  फार्म क्षेत्रभित्र कुकुर, बिरालो र मुसाजस्ता अन्य जनावरहरूको प्रवेश रोक्न  नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाले पन्छीजन्य उत्पादनको ओसारपसारमा समेत कडाइ गरेको छ । अबदेखि पन्छी वा पन्छीजन्य पदार्थको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्नेछ । 

यदि कुनै पनि स्थानमा अचानक धेरै संख्यामा कुखुरा वा पन्छीहरू बिरामी परेमा वा मरेमा त्यसलाई जथाभाबी नफाल्न र सुरक्षित तवरले खाडलमा गाड्न भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने