नेभिगेशन
समाज

किसानको हितमा कृषिमन्त्रीको सक्रियताः बाली लगाउनुअघि नै धानको समर्थन मूल्य निर्धारण, पहिलेको भन्दा उच्च वृद्धि

भारतमा भन्दा ३० रुपैयाँ बढी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको प्रस्तावमा मन्त्रिपरिषद्ले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले यस वर्ष धानको समर्थन मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल ९७ रुपैयाँ सम्म वृद्धि गरेको छ । 

आउँदो आर्थिक वर्ष २०८३.०८४ का लागि मोटा धानको मूल्य ३६५८.५६ पैसा प्रतिक्विटल र मसिनो धानको मूल्य ३८५२.२७ पैसा प्रतिक्विटल निर्धारण गरिएको छ । चालु आर्थिक वर्ष २०८२.८३ मा मोटा धानको ३५८४.४१ पैसा प्रतिक्विटल र मसिनो धानको मूल्य ३७५५.५१ पैसा प्रतिक्विटल थियो । आउँदो आर्थिक वर्षको लागि मोटा र मसिनो धानको मूल्य क्रमशः ७४।१५ पैसा र ९६।७६ रुपैयाँ बढी तोकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री चौधरीले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने कार्यविधिअनुसार आउँदो वर्षका लागि किसानले धान रोप्नुअघि नै मूल्य निर्धारण गरिएको बताइन् । “किसानले रोपाइँ अगावै मूल्य थाहा पाउँदा धान रोप्ने वा नरोप्ने भन्ने निर्णय आफैं गर्न सक्नुहुन्छ । त्यसैले सरकारले यस पटक समयमै मूल्य निर्धारण गरेको हो । यसबाट किसानले आफ्नो लागत उठ्ने गरी खेती गर्ने निर्णय लिन सहज हुनेछ,” उनले भनिन् ।

Ncell
Extreme Energy

भारतको भन्दा बढी मूल्य निर्धारण
 
किसानलाई राहत दिने उद्देश्यसहित भारतको भन्दा प्रतिक्विन्टल ३० रुपैयाँ बढी समर्थन मूल्य तोकिएको छ । नेपाल सरकारले मसिनो धानको प्रतिक्पिटल मूल्य ३८५२.२७ निर्धारण गरेको छ भने भारतले मसिनो धानको प्रतिक्विटल ३८२२.४ रुपैयाँ तोकेको छ । 

धानको न्यूनतम समर्थन मूल्य निरन्तर वृद्धि, २०८३/८४ मा सबैभन्दा उच्च

धानको न्यूनतम समर्थन मूल्य पछिल्ला आर्थिक वर्षहरूमा लगातार वृद्धि भएको छ । मोटा र मसिनो धान दुवैको मूल्य प्रत्येक वर्ष क्रमशः बढ्दै गएको छ । कृषि क्षेत्रमा लागत वृद्धि भएसँगै किसानले उत्पादनको उचित मूल्य पाउनुपर्छ भन्दै आगामी आर्थिक वर्षको लागि धानको मूल्य हालसम्मकै सबैभन्दा उच्च रहेको मन्त्री चौधरीले बताइन् । “महँगी बढेको छ, किसानले आफ्नो लागत पाउनुपर्छ । यो मूल्य निर्धारण गर्दा हामीले सम्पूर्ण मापदण्डहरू हेरेर नै निर्धारण गरेका छौँ,” उनले भनिन् । 

यस्तो छ, पछिल्लो सात वर्षको धानको मूल्य

आर्थिक वर्ष   मोटा मसिनो
२०७७।७८ २७३५ २८८५
२०७८।७९ २७५२ २९०२
२०७९।८०  २९६७   ३१२८
२०८०।८१  ३१९७.९६ ३३६२
२०८१।८२ ३४१०.५१ ३५८०.६२
२०८२।८३ ३५८४.४१  ३७५५.५१
२०८३।८४   ३६५८.५६ ३८५२.२७

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...