नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रधानमन्त्री छिट्टै सदनमा आउनु हुन्छ: सभामुख

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह छिट्टै सदनमा उपस्थित भई सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने बताएका छन् ।

प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि बारम्बार रुलिङ गर्न माग गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा उपस्थित हुन र जवाफ दिन तयार रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामा सभामुखले भने– ‘जवाफ दिन प्रधानमन्त्री तयार हुनुहुन्छ, यहाँहरुले राख्नु भएको विषयमा उहाँ जानकार हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्री छिट्टै सदनमा आएर यहाँ उठेका प्रश्नको जवाफ दिन तयार हुनुहुन्छ ।’

Ncell
Extreme Energy

सभामुख अर्यालले प्रधानमन्त्री र सरकारसँग आफ्नो निरन्तर संवाद भइरहेको पनि जानकारी दिए । ‘प्रधानमन्त्री र सरकारसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्री जवाफ दिन तयार हुनुहुन्छ, माननीय सदस्यहले मिति माग्नु भएको छ, समय माग्नु भएको छ, सदन चलेकै दिन प्रधानमन्त्री आउनु हुन्छ ।’

अर्यालले प्रधानमन्त्रीले जवाफ दिने तयारी गरिरहनु भएको र तयारी सकिएपछि जवाफ दिने मिति तय हुने पनि जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।