नेभिगेशन
समाज
कामका कुरा:

इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय नेपालीकाे माग

काठमाडौँ। वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

Marvel
Extreme Energy

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने अन्तिम समय २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ ।

अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ ।

इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्कलगायत शीर्षकमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको विवरणअनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

भायानेटको नयाँ सेवा : साँझ ५ बजुअघि आएका इन्टरनेट समस्या सोही दिन समाधान गर्ने

ग्राहकको समस्याको प्रकृतिअनुसार कम्पनीले रिमोट सपोर्टमार्फत समाधान गर्नेछ। रिमोट सपोर्टबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक टोली नै ग्राहकको घरमा पुगेर सेवा प्रदान गर्नेछ।
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सोमबार पनि नियमित सेवा सञ्चालन गरिने