नेभिगेशन
सबै कुरा

सर्लाहीमा युवकमाथि गोली प्रहार गरेको आरोप लागेका हवल्दार जिल्ला तानिए

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा आन्दोलनका क्रममा गोली चलाएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार नगरपालिकामा भएको विवादका क्रममा गोली चलाएर युवकको हत्या गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

Ncell
Extreme Energy

प्रत्यक्षदर्शी तथा आन्दोलनकारीले उसैले गोली चलाएका कारण स्थानीय जयशंकर साहको मृत्यु भएको आरोप लगाएपछि उनीमाथि छानबिनका लागि जिल्ला तानिएको जिल्लाा प्रहरी कार्यालय सलार्हीले जनाएको छ । 

मृतक परिवार र आन्दोलनरत पक्षले वरिष्ठ हवल्दार यादवले रिसीबी साँध्न जयशंकरमाथि गोली प्रहार गरेको भन्दै तीन दिनदेखी घटनास्थलबाट सव उठाएका छैनन् । 

मृतकका परिवारले साहलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति गर्नुपर्ने, र बरहथवाका मेयरले राजीनामा दिनु पर्ने लगायतका माग राखेर आन्दोलनरत छन् ।

शुक्रबार बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । आन्दोलनमा सहभागीनै नभएको जयशंकरको मृत्यु भएपछि स्थानीयले राखेका माग पूरा नभएसम्म शव नउठाउने बताउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।