नेभिगेशन
सबै कुरा

सर्लाहीमा युवकमाथि गोली प्रहार गरेको आरोप लागेका हवल्दार जिल्ला तानिए

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा आन्दोलनका क्रममा गोली चलाएको आरोपमा एक प्रहरी वरिष्ठ हवल्दार जिल्ला तानिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार नगरपालिकामा भएको विवादका क्रममा गोली चलाएर युवकको हत्या गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका हुन् ।

Ncell
Extreme Energy

प्रत्यक्षदर्शी तथा आन्दोलनकारीले उसैले गोली चलाएका कारण स्थानीय जयशंकर साहको मृत्यु भएको आरोप लगाएपछि उनीमाथि छानबिनका लागि जिल्ला तानिएको जिल्लाा प्रहरी कार्यालय सलार्हीले जनाएको छ । 

मृतक परिवार र आन्दोलनरत पक्षले वरिष्ठ हवल्दार यादवले रिसीबी साँध्न जयशंकरमाथि गोली प्रहार गरेको भन्दै तीन दिनदेखी घटनास्थलबाट सव उठाएका छैनन् । 

मृतकका परिवारले साहलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति गर्नुपर्ने, र बरहथवाका मेयरले राजीनामा दिनु पर्ने लगायतका माग राखेर आन्दोलनरत छन् ।

शुक्रबार बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । आन्दोलनमा सहभागीनै नभएको जयशंकरको मृत्यु भएपछि स्थानीयले राखेका माग पूरा नभएसम्म शव नउठाउने बताउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...