नेभिगेशन
समाज

अमेरिकाबाट नेपाल फर्किएका श्यामहरिको टर्किस एयरलाइन्स भित्रै मृत्यु

काठमाडौँ ।अमेरिकाबाट आज बिहान काठमाडौँ आउने क्रममा टर्किस एयरलाइन्स भित्रै अचेत भएका एक नेपालीको मृत्यु भएको छ । 

टर्किस एयरलाइन्सको टिके ७२६ फ्लाइटमा  काठमाडौँ आउँदै गरेका गोरखा बारपाक २ भई काठमाडौँ सामाखुसी बस्दै आएका श्यामहरि मरहठ्ठाको बिहान विमानभित्रै मृत्यु भएको गौशाल प्रहरी वृतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमान ल्याण्ड गरेपछि बिहान ६ः ३५ बजे उनी अचेत भएको भन्दै विमानस्थलले प्रहरीलाई खबर गरेको थियो । 

Ncell
Extreme Energy

 उनलाई तत्काल अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले जानकारी दिए।

प्रहरीका अनुसार मुचुल्का गरी शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ७३ वर्षीय श्यामहरि मरहठ्ठाको फ्लाइटभित्रै मृत्यु भएको पाइएको छ । 

गौशाला प्रहरीले दिएको जानकारी अनुसार उनको शव जाँच मुचुल्का भइरहेको छ । मरहठ्ठा पत्नी कालिका मरहठ्ठासहित अमेरिकाबाट सँगै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...