नेभिगेशन
समाज

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध (तस्बिरहरु)

पश्चिम नवलपरासी । सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको थियो। त्यसपछि सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल सुस्ता गाउँपालिका–५ मा करिब १ किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। तर त्यससँगै जोडिएको १३२ मिटर क्षेत्रमा भने माथिल्लो तहको सहमति प्राप्त गरेपछि मात्र निर्माण अघि बढाउन भारतीय पक्षले आग्रह गरेको छ।

Ncell
Extreme Energy

नारायणी नदीको बाढी र कटानका कारण स्थानीय बस्ती तथा खेतीयोग्य जमिन जोखिममा पर्दै आएकाले तटबन्ध निर्माणलाई स्थानीयवासीले अत्यन्त आवश्यक पूर्वाधारका रूपमा लिएका छन्। स्थानीयहरूले निर्माणस्थल नेपाली भूमि भित्रै रहेको दाबी गर्दै रोकावटप्रति असन्तुष्टि जनाएका छन्।

तटबन्ध निर्माणका लागि छुट्टाछुट्टै ठेक्का सम्झौता भइसकेको र बजेटसमेत विनियोजन भइसकेको जनाइएको छ। स्थानीयवासीले निर्माण कार्य अविलम्ब सुचारु गर्न सरकारबाट आवश्यक पहल हुनुपर्ने माग गरेका छन्।

Susta_-1372-1780379618.jpg

बालेन बोल्नुभन्दा अघिल्लो दिन नै भारतले रोकेको थियो सुस्तामा काम

Susta_-1373-1780379619.jpg

Susta_-1370-1780379618.jpg

Susta_-1367-1780379614.jpg

Susta_-1365-1780379614.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।