नेभिगेशन
समाज

पर्सा अदालतको आदेशपछि मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा

पर्सा  । पर्सा जिल्ला अदालतले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

अदालतले लिखत सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुटा विवरणका आधारमा नागरिकता लिएको आरोप सम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ गरी कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्सा जिल्ला अदालतका एक नं. न्यायाधीश गायत्रीप्रसाद रेग्मी को एकल इजलासले उक्त आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ ।

Ncell
Extreme Energy

यसअघि लिखत सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले गत १२ गते मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको भोलिपल्ट उनी अदालतमा उपस्थित भए पनि औपचारिक रूपमा हाजिर नभई फरार भएका थिए ।

पछि लामो समयको खोजीपछि प्रहरीले विशेष टोलीमार्फत आज उनलाई ठोरी बाट नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई अदालतमा पेस गरिएको थियो ।

थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

वीरगन्जका मेयर राजेशमानलाई प्रहरीको नाटकीय पक्राउ, थुनछेकका लागि अदालतमा लगियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले पुग्न नसक्ने भन्दै विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक रहेको र यसका लागि हाल विश्वमा विद्यमान...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार

नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ।
कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव अत्यन्त जोखिमपूर्ण, खोलियो ४३ ढोका

कोशी बराजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ।