नेभिगेशन
समाज

नेप्से परिसूचकमा २.६६ अंकले वृद्धि

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।  बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर खरिद बिक्री हुँदा रू.५ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको छ । आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Ncell
Extreme Energy

यता, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशत घट्यो ।

सेन्ट्रल फाइनान्सको ३.४८, हिमालयन रिइन्स्योरेन्सको ३.३९ तथा त्रिशूली जलविद्युतको मूल्य ३.३९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनमा मेरो सहभागिता छैन– पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको पार्टीको महाधिवेशनका कुनै पनि प्रक्रियामा आफू सहभागी नहुने बताएका छन्।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

अब यी रुटमा पनि चल्नेछन् रात्रिकालीन साझा बस

साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि थप रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले रात्रिकालीन सेवा चार...
असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

असोज ८ देखि १२ सम्म भारी वर्षाको जोखिम, पूर्वदेखि पश्चिमसम्म सतर्क रहन मौसमविद्ले गरे आग्रह

मौसमविद् विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वदेखि पश्चिमसम्म सतर्कता अपनाउन आग्रह गरेका छन्।