नेभिगेशन
समाज

इजरायल जाने नेपालीको भाषा परीक्षामा आर्थिक चलखेल भएको विद्यार्थीको आरोप

काठमाडौँ । सिआइआइएनले आफूहरूको भविष्यमाथि खेलबाड गरेको भन्दै वैदेशिक रोजगारीका लागि इजरायलको तयारीमा रहेका सयौँ युवाहरूले काठमाडौँमा विरोध जनाएको छन्।

मङ्गलवार सिआइआइएनको त्रिपुरेश्वरस्थित कार्यालयमा परीक्षा दिन देशभरबाट उपस्थित भएका सयौँ परीक्षार्थीले आफूहरूको परीक्षा नियम सङ्गत नभएको भन्दै पुनः परीक्षा गरिनु पर्ने भन्दै विरोध जनाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले परीक्षामा सिआइआइएनको लापरबाहीपूर्ण व्यवस्थापन, शुल्क दोब्बर लिएर फिर्ता नगर्नु, एक व्यक्तिको रिजल्ट बेलुका एउटा र बिहान अर्कै निकाल्नु, समय तालिका अनुसार परीक्षा सञ्चालन गर्न नसक्नु, विभिन्न यो वा त्यो बहानामा परीक्षार्थीबाट चर्को शुल्क असुलेको र गुनासो गर्दा उल्टै परीक्षार्थीमाथि नै हातपात भएको भन्दै विरोध परीक्षार्थीले विरोध जनाएका हुन्।

Ncell
Extreme Energy

विरोधसँगै हाललाई अर्को सूचना जारी नभएसम्मका लागि सिआइआइएनले यसअघि जारी गरेका सम्पूर्ण परीक्षा तालिकाका कार्यक्रम स्थगित गरेको जनाएको छ । तर हामीले यस विषयमा बुझ्न खोज्दा कार्यालयका कुनै पनि अधिकारीले बोल्न मानेनन्।

यस वर्ष जीटुजीमार्फत  ‘केयर गिभर’ का लागि रोजगारीका लागि दुई हजार ३ सय युवा नेपालबाट इजरायल लैजाने तयारी रहेको छ । तर रोजगारीमा जान इच्छुक कामदारले क्यम्ब्रीज अपस्किल इङ्लिस टेस्ट उर्तिण गरेको हुनुपर्ने मापदण्ड कायम गरिएपछि १४ हजार बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

सिआइआइएनको कार्यालयले सञ्चालन गरेको  परीक्षामा त्रुर्टीपूर्ण र आर्थिक चलखेल देखिएको आशङ्का गर्दै परीक्षार्थीहरूले विरोध जनाएका छन्।

त्यस्तै सिआइआइएनको गैर जिम्मेवार पूर्ण कार्यशैली प्रति परीक्षार्थीले विरोध जनाउँदै वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय र गृह मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन्।

समयमै आफ्ना माग पुरा नभए न्यायका लागि अदालतसम्म पुग्ने बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।