नेभिगेशन
समाज

हर्क साम्पाङले रोष्ट्रमबाट बोलेपछि हट्यो सदनको अवरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले रोष्ट्रमबाट बोलेपछि प्रतिनिधिसभामा विगत १० दिनदेखि जारी अवरोध पूर्ण रुपमा हटेको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरुले पालैपालो बोलेर अवरोध हटाएका थिए ।

अन्य विपक्षी दलहरुले बोलिसक्दा पनि आफूहरुले बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरुले नारा लगाउँदै रोष्ट्रम घेराउ गरेका थिए । केहीबेर सभामुख र श्रम संस्कृतिका सांसदहरुका बीचमा भनाभन पनि चल्यो । त्यसपछि सभामुखले साम्पाङलाई बोल्न समय दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साम्पाङले रोष्ट्रममा गएर बोले । प्रधानमन्त्रीको आलोचना गरे । अन्तिममा बोल्नकै लागि संघर्ष गर्नु परेको गुनासो समेत गरे ।

Ncell
Extreme Energy

त्यसपछि साम्पाङ र उनी नेतृत्वका दलका सांसदहरुले पनि अवरोध हटाए ।

अवरोध पूर्ण रुपमा हटेपछि संसदमा बजेटमाथिको छलफल सुरु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।