नेभिगेशन
मुख्य समाचार

आजको मौसम: देशभर अधिकांश भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशभर अधिकांश ठाउँमा वर्षा हुने देखिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको र यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागकाअनुसार आज पनि देशभर साधारणतया बादल लाग्नेछ भने अधिकांश ठाउँमा वर्षा हुने छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको  विभागले जनाएको छ ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

लोकतान्त्रिक संस्थाको विनाशलाई क्रान्ति मान्न सकिँदैन : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति मान्न नसकिने बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।