नेभिगेशन
समाज
फिफा विश्वकप २०२६

आज रातिबाट विश्व फुटबलको महाकुम्भ, यी हुन् विश्वकप बारे बुझ्नै पर्ने कुरा !

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज मध्यरातिबाट सुरु हुँदैछ । बिहीबार नेपाली समयअनुसार राति १२ः४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै विश्वकप सुरु  हुनेछ ।

यसपटक सुरुबाट विश्वकपमा केही कीर्तिमानहरु बनिसकेका छन् । पहिलो पटक तीन देशहरु अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा टोलीसंख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ । यसअघि ६४ खेल हुँदै आएकोमा यसपटक  १०४ खेल हुनेछन् । ३९ दिनको चल्ने रोमाञ्चक खेलहरु विभिन्न १६ शहरका १६ मैदानमा हुने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा अमेरिकाका ११, मेक्सिको ३ र क्यानडाका २ शहर समावेश छन् । जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कूल ८ खेल खेल्नेछ ।

Ncell
Extreme Energy

पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । जतिबेला मात्र २४ टोली थिए । १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए । यसपाली टोली र खेल संख्या दोब्बरले बढेको छ । मेक्सिको भने तेस्रो पटक विश्वकप आयोजना गर्ने पहिलो देश बन्नेछ । क्यानाडा भने पहिलो पटक घरेलु मैदानमा विश्वकप खेल्दैछ । 

आयोजक फिफाले प्रतियोगिता तीनै देशमा भव्यरुपमा उद्घाटन गर्दैछ । मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ । तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्ने फिफाले जनाएको छ । 

मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ ।

यो विश्वकपमा पनि साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, सन् २०१० को विजेता स्पेन, पोर्चगल, जर्मनी, नेदरल्यान्ड्स र सर्वाधिक ५ पटकको च्याम्पियन ब्राजिललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । 
पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल लगातार २३औं पटक विश्वकप खेल्न लागेको हो । तर, चार पटकको विश्व च्याम्पियन इटाली भने लगातार प्रतियोगितामा छनोट हुन असफल भयो । इटालीसँगै अफ्रिकन महारथीहरु क्यामरुन र नाइजेरिया पनि छनोट हुन सकेनन् । 

यस्तै, यसपटक स्कटल्यान्ड, नर्वे, मोरक्को, आइभोरी कोस्ट, इक्वेडर र सेनेगलजस्ता टोलीहरुलाई सम्भावित ‘डार्क हर्स’का रुपमा हेरिएको छ । एर्लिङ हालान्ड र मार्टिन ओडेगार्डको नेतृत्वमा रहेको नर्वे, स्कट म्याकटोमिने र जोन म्याकगिनको स्कटल्यान्ड तथा मोरक्कोले ठूला टोलीहरुलाई चुनौती दिन सक्ने क्षमता राख्छन् ।

त्यस्तै उज्वेकिस्तान, हाइटी, कुरासाओ र केप भर्डे पहिलो पटक विश्वकप खेल्दैछन् । उनीहरु पनि नयाँ कथा लेख्ने योजनामा छन् । 

यो विश्वकप पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, क्रोएसियाका लुका मोड्रिक, जर्मनीका गोलकिपर म्यानुअल नेउर जस्ता खेलाडीको अन्तिम हुने अनुमान गरिएको छ । 

मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन् । प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन । त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ ।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन् । युवा सहित मिश्रित टोली भएकाले पोर्चुगललाई यसपाली उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

यस्तै, युवा स्टार फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन् । 
त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन् । स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार प्रमुख आकर्षण हुनेछन् । एम्बाप्पे, रोनाल्डो, मेसी, केन, लामिन र राफिन्हालाई नै यसपटकको गोल्डेन बुट दाबेदारको रुपमा हेरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।