नेभिगेशन
समाज

प्रतिनिधिसभा बैठकः राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै सांसदहरूले बजेटको पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीतलाई ध्यान दिनुपर्ने धारणा राखेका थिए। नेपाली कांग्रेसका सांसद शाहजान खातुनले भन्सार महसुल पहिलाको भन्दा ४० प्रतिशत बढी भएको जनाउँदै भन्सार महसुल अनुमानअनुसार हुने आधार प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले देशको समानुपातिक विकास गर्ने सोच भए पनि विकासको आवश्यकता भएका जिल्ला बझाङ, बाजुरा, डोटी, अछाममा बजेट नपरेकोप्रति चिन्ता व्यक्त गरे। उनले सीमा क्षेत्रमा बजेट छुट्याउने कुरा भएपनि प्राथमिकता नदिएको धारणा व्यक्त गरे।

Ncell
Extreme Energy

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पशुराम तामाङले बजेटले धनी र गरिबबीचको खाडल झन बढाएको बताउँदै पहाडमा जङ्गली जनावर नियन्त्रण गर्नुका साथै पहाडमा आर्थिक गतिविधि बढाउनुपर्ने सुझाव दिए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले बजेट जनताका समस्या समाधान गर्नेतर्फ हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै धरानका जनताले खानेपानी नपाएको विषयमा सदनको ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेशकुमार सिंहले बजेटमा शिक्षामा कर लगाइएको विषयप्रति असहमति जनाउँदै मौलिक अधिकारमाथि कर लगाउन नहुने धारणा व्यक्त गरेका थिए। उनले कर्मचारीको तलब बढे पनि आमजनताका लागि राहतको प्रभावकारी कार्यक्रम नभएको गुनासो गरे ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले हरेक जिल्लामा नमूना विद्यालयको अवधारणा आउने अपेक्षा गरिएको जनाउँदै बजेटमा त्यस्ता कार्यक्रम नआएका बताए। शिक्षामा कर लगाइएको विषयप्रति उनले आपत्ति प्रकट गर्दै ग्रामीण क्षेत्र र गाउँका किसानका लागि बजेटमा प्रभावकारी कार्यक्रम नआएको भनाइ राखेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद टुकाभद्र हमालले आगामी आवको बजेटले खास महत्वपूर्ण विषय समेट्न नसकेको धारणा व्यक्त गरे। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।