नेभिगेशन
समाज

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । 

आज अपराह्न १ः०० बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तरराष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।
 
पक्राउपर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताजअली र ५० वर्षीय महम्मद जाकिर हुसैन रहेका छन् । निज इन्ताजअलीले ३८ पटक र हुसैनले ११ पटक नेपाल आवातजावत गरेको पाइएको छ ।
 
सुटकेशभित्र फल्स बटम बनाई लुकाइछिपाइ लैजान लागेको अवस्थामा नगदसहित फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ ।
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित, ४० हजार विद्यार्थी छात्रवृत्तिमा

नेपाली सेनाले बहालवाला तथा अवकाशप्राप्त सैनिक र उनीहरूका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक सुरक्षाका लागि सञ्चालन गर्दै आएको सैनिक कल्याणकारी कोषबाट हालसम्म १० लाख हिताधिकारी लाभान्वित...