नेभिगेशन
समाज

आर्थिक विधेयकका विवाद समाधानका लागि छानबिन समिति गठन गर्न प्रतिपक्षी सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका निम्ति छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने बताएका छन्।

बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले संसद्मा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यससम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गरेका थिए। सार्वभौम संसद्को अवमूल्यन गर्ननपाइनेमा उनको जोड थियो ।

Ncell
Extreme Energy

नेपाली कांग्रेसका भरतबहादुर खड्काले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल–भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने  बताए।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएका सूचना आफूलाई प्राप्त भएकाले त्यहाँ अवाञ्छित गतिविधि हुननहुनेमा जोड दिएका थिए।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कूटनीतिक माध्यमबाट नेपालमा समाहित गर्नुपर्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल–भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज कुनकुन सडक छन् अवरूद्ध ?

आज कुनकुन सडक छन् अवरूद्ध ?

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।