नेभिगेशन
सबै कुरा

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा विद्यार्थीले लगाए ताला

१४ भदौ, ललितपुर - इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क तत्काल नबढाउने भनि त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्जिनियरिङ अध्ययन संस्थान त्रिविले इन्जिनियरिङ शिक्षाको स्नातक तहको शुल्क बढाएकाे भन्दै विगत केही दिनदेखि विभिन्न विद्यार्थी संगठन साथै विद्यार्थीहरु आन्दोलनरत थिए । विद्यार्थीको आन्दोलनपश्चात बुधबार सत्तारुढ दलनिकट विद्यार्थी संगठनसँग संस्थानले तत्काल शुल्क नबढाउने सहमति गरेकाे थियो तर उक्त सहमति एकपक्षिय भएका कारण सहमति खारेज हुनुपर्ने माग राखेर पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले ताला लगाएका हुन् । 

Ncell
Extreme Energy

वास्तविक विद्यार्थीको सहभागिता बिनानै सहमति भएका कारण सहमति खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

इन्जिनियरिङ संस्थानले शुल्क वृद्धि गरेपछि शुल्कवृद्धि फिर्ताको माग गर्दै पुल्चोक इन्जिनियरिङ कलेजमा नेपाल विद्यार्थी संघका सुलभ चापागाईं, अखिल क्रान्तिकारीका केशव रावल, समाजवादी विद्यार्थी युनियनकी रसना यादव, अखिल क्रान्तिकारीका प्रेम सिंह आमरण अनसन बसेका थिए । अनसनमा बसेकाहरुलाई निर्णयमा संलग्न नगराइएको भन्दै तालाबन्दी गराइएको हो । अनसनमा बसेकाहरूलाई निर्णयमा संलग्न नगराइएको भन्दै नेविसंघका सुलभ चापागाँईले नेविसंघ पुल्चोक इकाई सभापतिबाट हिजै राजीनामा दिइसकेका छन् ।

साथै उक्त सहमतिमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र स्ववियुको सहमति नरहेको भन्दै विद्यार्थीहरुले ताला लगाएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...