नेभिगेशन
समाज

रास्वपाको महाधिवेशन चितवनको टाडीमा: गर्मीलाई ध्यानमा राखेर टेन्टको व्यवस्था, बासको पैसा प्रतिनिधिले आफै तिर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि स्थान तय भएको छ ।

चितवनमा ७-९ असारसम्म राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको रास्वपाले रत्ननगर नगरपालिकाको मुख्य बजार टाडीमा उदघाटन समारोह र बन्दसत्र गर्ने महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'उद्घाटन स्थल टाडीमा तय गरेका छौं । त्यहाँ स्टार बेंक्वेटमा गर्छौ । किनभने गर्मी असाध्यै धेरै छ । त्यो कारणले बन्द सत्र त्यहाँ हुन्छ । अनि खुल्ला सत्र त्यहाँको त्यो स्टार बेंक्वेट नजिकैको चौरमा टेन्टहरु राखेर मञ्च बनाएर गर्ने भन्ने छ,' उनले भने । टाडी चितवन क्षेत्र नम्बर १ मा पर्छ । टाडी पर्यटकीय नगरी सौराह प्रवेशद्वारा पनि हो । बुर्लाकोटीले कार्यक्रम स्थलको सजावटको तयारीहरु भइरहेको पनि बताए । 

Ncell
Extreme Energy

उद्घाटन सत्रदेखि बीचमा तथा पछाडि हुने सांस्कृतिक कार्यक्रमहरुको तयारी भइरहेको पनि बताए । 

यसैगरी महाधिवेशनमा राजनीतिक दलबाट नेताहरुलाई बोलाउने तयारी भइरहेको पनि बताए । अन्तर्राष्ट्रिय पार्टीका प्रतिनिधि भने बोलाउने कुनै कार्यक्रम छैन । 

महामन्त्री बुर्लाकोटीले महाधिवेशनमा तीन हजार प्रतिनिधि चितवन आउने र प्रतिनिधिहरुको खाना बासको लागि तयारी भइरहेको बताए । 'अहिलेसम्मको हिसाबले प्रतिनिधिहरु आफै बास बस्नु हुन्छ । तर प्रतिनिधिहरुलाई बास बस्नको लागि चितवनमा वरिपरिको सौराहा टाडी लगायतको क्षेत्रमा भारी डिस्काउन्टमा बास बस्ने ठाउँहरु तयारी गर्ने कार्य भैरहेको छ,' बुर्लाकोटीले  भने ।

महाधिवेशन गर्न चार करोड खर्च हुने अनुमान गरिएको र आर्थिक व्यवस्थापनको लागि फण्ड रेजिङ टिमले काम गरिरहेको बताए । त्यो मध्ये करिब ३० प्रतिशत जति स्रोत जुटिसकेको उनको भनाइ छ । 

यसका अलावा सांगठनिक, आर्थिक प्रतिवेदनलगायत राजनीतिक प्रतिवेदनको मस्यौदा तयारी भइरहेको महामन्त्री बुर्लाकोटीले बताए । 

बुर्लाकोटीअनुसार ६५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । १२ जिल्लाको अधिवेशन अब राष्ट्रिय महाधिवेशनपछि हुनेछ । यसैगरी ६ सयभन्दा बढी पालिका अधिवेशन भइसकेको छ । 

प्रदेशअन्तर्गत कोशी, बागमती, गण्डकी र लुम्बिनीको अधिवेशन सम्पन्न भइसकेको छ । मधेशको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ । कर्णालीमा आज र सुदूरपश्चिममा भोलि प्रदेश अधिवेशन हुँदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।