नेभिगेशन
समाज

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौं । निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार डोल्पाको निषेधित क्षेत्र तल्लो डोल्पामा पदयात्रा अनुमति नलिई प्रवेश गरेको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

Marvel
Extreme Energy

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्रका आधारमा छानबिन गर्दा विदेशी नागरिकलाई आवश्यक अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराएको पुष्टि भएपछि माउन्ट रोज टुर्स एन्ड ट्राभल्स प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। विभागले अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम उक्त जरिवाना गरेको हो।

त्यस्तै, अनुमति नलिई निषेधित क्षेत्रमा प्रवेश गरेका मेक्सिकोका चारै जना नागरिकलाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ। उनीहरूबाट पदयात्रा अनुमति दस्तुरबापत प्रतिव्यक्ति २० अमेरिकी डलरसमेत असुल गरिएको विभागले जनाएको छ।

विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन नियमावली, २०५१ को नियम ३२ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी अनुमति लिनुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।

नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाउन विदेशी नागरिक, ट्रेकिङ एजेन्सी तथा सम्बन्धित सरोकारवालालाई कानुनी प्रावधान र अनुमति प्रणालीको पूर्ण पालना गर्न विभागले आग्रह गरेको छ।

WhatsApp-Image-2026-11-06-at-16.35.57-1793962544.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम...
जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्।
लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।