नेभिगेशन
समाज

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम देखिएको तर सिधै मेयर र प्रदेश सांसद बन्ने चाहना बढेको भन्दै उनले पार्टीभित्र अवसरको राजनीति हाबी हुन थालेको टिप्पणी गरे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले वडा तहको जिम्मेवारी लिन नचाहने प्रवृत्तिप्रति व्यंग्य गर्दै आफूले सांसदबाट राजीनामा दिएर वडाध्यक्षमा उठ्नुपर्ने अवस्था आउन लागेको बताए।

Marvel
Extreme Energy

‘वडाध्यक्षमा निवेदन हालेको मैले देखिनँ, एकैचोटि मेयर। कहाँ वडाध्यक्ष हुने? एकैचोटि माननीय, वडा कसले हेर्छ? देश नै बनाउने हो, वडा के बनाउने होइन त?’ उनले भने, ‘यसले के देखाउँछ भने हामी अवसरको राजनीतितर्फ गइरहेका छौँ। देखाउन त हामी देखाउँदैनौँ, तर छर्लङ्गै देखियो।’

लामिछानेले आफूहरूले सभापतिको त्यागको प्रशंसा गर्ने गरे पनि व्यवहारमा त्याग गर्नुपर्ने अवस्था आउँदा पार्टीभित्रै झगडा हुने गरेको बताए।

‘सभापतिले ठूलो त्याग गर्नुभयो भन्नुहुन्छ। भोलि दुई जना साथीलाई एक जनाले छाडिदिनुपर्‍यो भन्नुस् त, हानाहान हुन्छ,’ उनले भने, ‘नदिनुस् मेरो त्यागको उदाहरण तपाईंलाई अनुसरण गर्नु छैन भने।’

त्यसपछि उनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले विगतमा गरेको संघर्षको उदाहरण दिँदै राजनीति पद र चुनावी सफलताका लागि मात्र गर्न नहुने बताए।

‘नेपाली कांग्रेस २०१५ सालमा सरकारमा गयो। त्यसपछि २०४६/०४७ सालसम्म ३० वर्ष कांग्रेस सरकारमा गएन। तर ती मानिसहरू निरन्तर संघर्षमा लागिरहे। तिनलाई थाहा थिएन, त्यत्रो शक्तिशाली पञ्चायत ढल्छ कि ढल्दैन। तर उनीहरूले अनवरत संघर्ष गरे,’ उनले भने।

कम्युनिस्ट पार्टीका नेताहरूले निर्वासनमा बसेरसमेत संघर्ष गरेको उल्लेख गर्दै लामिछानेले टिकट नपाए पार्टी छाड्ने वा आफ्नै उम्मेदवारलाई हराउने प्रवृत्तिमाथि प्रश्न गरे।

‘के तपाईं–हामीजस्तो टिकट पाइएन भने त छाडिदिने हो, हराउने हो भनेर यस्तो राजनीतिक विचलन चार वर्षभित्र आएको भए यो देशमा प्रजातन्त्र आउँथ्यो? यो देशमा लोकतन्त्र आउँथ्यो?’ उनले कार्यकर्तालाई प्रश्न गरे।

लामिछानेले राजनीतिमा निष्ठा र प्रतिबद्धता हुनुपर्नेमा जोड दिँदै चुनाव जित्नु मात्रै राजनीतिक सफलता नभएको बताए।

‘निष्ठामा अडिन सकिँदैन भने राजनीतिमा लाग्नु हुँदैन। सफलता प्राप्त भएको छ, १८२ सिट छ। भोलि दुई सिट त के, शून्य सिट भए पनि राजनीति जित्नुपर्छ। चुनाव जित्ने ठूलो कुरा होइन साथीहरू हो,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

जनताले अत्यधिक मत दिएर पठाएको हामीलाई ठालु पल्टिनका लागि होइन– सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र अवसरको राजनीति बढेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराएका छन्।
लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

लोकतन्त्र परिणाम मात्र होइन, प्रक्रिया पनि हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी विधिको शासन र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताएका छन्।