नेभिगेशन
समाज

फुर्केखोलामा राख्ने पन्टुन ब्रिज ल्याइयो, तिहारपछि जडान गरिने

धादिङ । धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघ सरकारले लामो पुल हाल्न नसकिने भन्दै बेवास्ता गरेपछि धादिङका १३ वटा स्थानीय तहले आफैँ पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।

Marvel
Extreme Energy

एक दशकदेखि थन्क्याएर राखिएकाले यो पुल रंगरोगन गरेर जडान गरिने छ । पुलमा शनिबारदेखि रंगरोगनको काम सुरु गरिने ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए । त्यसपछि तिहार लगत्तै यसको जडान कार्य  सुरु गरिने उनले जानकारी दिए । पुल जडान गर्न बढीमा एक हप्ता समय लाग्ने अनुमान छ । बर्दियाबाट पुल ढुवानी गर्दा भएको खर्च र जडानमा हुने खर्च स्थानीय तह आफैँले व्यहोर्ने छन् ।

पेन्टुन ब्रिज भनेको नदी, खोला वा अन्य जलाशयमाथि पानीमा तैरिन सक्ने संरचनाहरू जोडेर निर्माण गरिने अस्थायी पुल हो । यसमा फलामे ड्रम, खोक्रा धातुका संरचना वा विशेष किसिमका तैरिने प्लेटफर्मलाई एकआपसमा जोडेर पुलको आधार तयार गरिन्छ । त्यसको माथि फलामे पाता वा सडक संरचना राखेर मानिस तथा सवारीसाधन आवतजावत गर्न मिल्ने बनाइन्छ ।

सामान्यतया स्थायी पुल निर्माण हुन नसकेको, बाढीपहिरोका कारण पुल भत्किएको वा आपत्कालीन अवस्थामा यातायात सञ्चालन गर्न यसको प्रयोग गरिन्छ। पेन्टुन ब्रिज तुलनात्मक रूपमा छिटो जडान गर्न सकिने भएकाले विपद्का बेला आवतजावत सहज बनाउन उपयोगी हुन्छ । 

वैकल्पिक मार्ग प्रयोग गरेर आवतजावत चलेपनि मुख्य लाइफलाइन मानिने पुल बगाएपछि पछिल्लो ७० दिनदेखि पृथ्वी राजमार्ग, व्यस्त मलेखु बजार र धादिङका अन्य बजार आवतजावत कठिन बनेको छ ।

२०५६ सालमा निर्माण गरिएको फुर्केखोला पुल १ सय १८ मिटर लम्बाइको स्टिल प्लेट गर्डर पुल थियो ।

प्रमुख पुल बगाएपछि धादिङका सर्वसाधारण अहिले वैकल्पिक सडकको भर पुर्नपरेको छ । साना तथा मालवाहक सवारी धादिङकै मासटार, गोरखा हुँदै आउजाउ गर्न मिल्ने विकल्प छ ।

कतिपय ठाउँमा हिलो र कच्ची रहेकाले वैकल्पिक सडकको यात्रा सहज भने छैन । पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ ।

मालवाहक सवारीका लागि भने मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–सल्यानटार हुँदै धादिङबेँसी पुग्ने लामो मार्ग प्रयोग भइरहेको छ । यसैगरी, धादिङबेँसीबाट काठमाडौं आउजाउका लागि सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी पुग्ने वैकल्पिक सडक पनि प्रयोग गर्न सकिने अवस्था छ । नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
...त्यसपछि नरेशले स्वीकारे अपराध

...त्यसपछि नरेशले स्वीकारे अपराध

तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

केन्द्रीय निर्वाचन आयोगले आज ‘निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागी सबैका लागि’ ७ बुँदे निर्देशन जारी गरेको हो ।
अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।

भर्खरै