नेभिगेशन
सबै कुरा

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास गर्ने एकजना पक्राउ

सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिरहाको कल्याणपुर नगरपालिका ८, अरङका संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको थियो । मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा सोमबार दिउँसो ४ बजे उनी जान खोजेका थिए । त्यसैक्रममा घरजग्गा किनेका सोही स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले उनीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

Ncell
Extreme Energy

खुकुरी तोकेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडियो भाइरल भएपछि साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भिडियोमा संजय कामतीमाथि खुकुर प्रहारको प्रयास भएको देखिन्छ । कामतीले २०७३ सालमा कल्याणपुर ८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।

आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।