नेभिगेशन
सबै कुरा

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास गर्ने एकजना पक्राउ

सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिरहाको कल्याणपुर नगरपालिका ८, अरङका संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको थियो । मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा सोमबार दिउँसो ४ बजे उनी जान खोजेका थिए । त्यसैक्रममा घरजग्गा किनेका सोही स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले उनीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

Ncell
Extreme Energy

खुकुरी तोकेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडियो भाइरल भएपछि साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

भिडियोमा संजय कामतीमाथि खुकुर प्रहारको प्रयास भएको देखिन्छ । कामतीले २०७३ सालमा कल्याणपुर ८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।

आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...