नेभिगेशन
मुख्य समाचार

रास्वपाको महाधिवेशन स्थल फेरियो,  अब भरतपुरको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल परिवर्तन भएको छ ।

यसअघि टाडीस्थित स्टार बेंक्वेट होटल र नजिकको चौरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र गर्ने तय भएकोमा चितवनको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महाधिवेशन स्थल परिवर्तन गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टाडीको व्यवस्थापनले गर्मी नधान्ने भन्दै जिल्लाका पदाधिकारीले सभापति रबि लामिछानेलाई संशोधन गर्न सुझाएका थिए । उनीहरुले भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्र सुझाएका थिए । जिल्लाको सुझावअनुसार सभापति लामिछानेले वातावरण अनुकूल हुनेगरी चितवन प्रदर्शनी केन्द्रलाई नै तोक्ने निर्णय गरेका हुन् । 

Ncell
Extreme Energy

रास्वपा चितवनका एक नेताकाअनुसार भरतपुरको टेलिकम कार्यालय, कबर्ड हल र जिल्ला प्रहरी कार्यालय नजिकै रहेको चितवन प्रदर्शनी केन्द्रमा तीनवटा हल छ ।

अत्यधिक गर्मीमा एसी, एयर कन्डिसनको सिस्टम राम्रो छ । पर्याप्त पार्किङ स्थल छ ।

एउटा हलमा बन्दसत्र गरिनेछ । जहाँ ३५ सय मान्छे राख्न सकिन्छ । अर्को हलमा खाना व्यवस्थापन गरिनेछ । अर्को हल प्रतिनिधि सदस्यहरु बस्ने आराम गर्न प्रयोग गरिनेछ ।

सवारी व्यवस्थापन र सुरक्षाको हिसाबले पनि यो उपयुक्त भएको उनको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

केही दिनदेखि मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही टाढा सरेकाले वर्षा कम भए पनि आज बेलुकादेखि नेपालमा फेरि वर्षा बढ्ने मौसमविद्ले बताएका छन्।
आज कुनकुन सडक छन् अवरूद्ध ?

आज कुनकुन सडक छन् अवरूद्ध ?

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

रुग्ण उद्योगमा सुधारका संकेत देखिन थालेका छन् : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले वर्षौंदेखि बन्द, घाटा र निराशाले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानहरू पुनः सञ्चालन र प्रतिस्पर्धी बन्न सक्ने अवस्थामा पुग्न थालेको बताएका छन् ।
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।