नेभिगेशन
मुख्य समाचार

वडादेखि प्रदेशसम्म रास्वपाले कहाँ कहाँ सकायो अधिवेशन ?

काठमाडौँ । असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले वडादेखि प्रदेश कमिटीसम्म अधिवेशन सम्पन्न गरेको छ ।  

महामन्त्री कबिन्द्र बुर्लाकोटीअनुसार हालसम्म ४ हजार ३६३ वडाको अधिवेशन सम्पन्न भएको छ । ६०९ पालिकाको अधिवेशन सम्पन्न भएको छ । ६४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । तर, १३ जिल्लामा विवादले अधिवेशन हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णालीमा डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीमा मनाङ र मुस्ताङ, मधेसमा धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशनको प्रक्रिया नै सुरु भएको छैन । अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहट रहेको छ । 

Ncell
Extreme Energy

महामन्त्री बुर्लाकोटीकाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ ।  मधेस प्रदेशको अधिवेशन स्थगन छ र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन घोषणा गरे पनि तत्काल आन्दोलनमा जाने अवस्था आफूले नदेखेको दाबी गरेका छन् ।
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले उद्योगका लागि आवश्यक कपास स्वदेशमै उत्पादन गर्ने योजना अघि सारेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र र व्यवसायीलाई...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।