नेभिगेशन
मुख्य समाचार

प्रथम ऐतिहासिक महाधिवेशन : यस्तो छ रास्वपाको ८ वटा तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ देखि ९ असारसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि विभिन्न तयारी गरिरहेको छ ।

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार अहिले तयारीका लागि मुख्यत ८ वटा कामहरु भइरहेको छ । पहिलो प्रतिनिधि छनोट अन्तिम चरणमा छ । 'प्रतिनिधि टुंगिने चरणमा छ,' महामन्त्री बुर्लाकोटीले भने । महाधिवेशनका लागि तीन हजार प्रतिनिधि आउने तयारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दोस्रो महाधिवेशन स्थल तय भएको छ । सुरुमा टाडीस्थित स्टार बेंक्वेट होटल र नजिकको चौरमा टेन्ट हालेर खुला सत्र र बन्द सत्र    गर्ने तय भएकोमा चितवनको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै चितवन प्रदर्शनी केन्द्र तय गरिएको छ । 
तेस्रो आउनेहरुको बास र भोजनको व्यवस्थापनका लागि काम भइरहेको छ । 

Ncell
Extreme Energy

चौथो प्रतिवेदनको काम भइरहेको छ । सभापति रबि लामिछानेको राजनीतिक प्रतिवेदनका साथै संगठन,  आर्थिक र अनुशासन समितिको मस्यौदा भइरहेको महामन्त्री बुर्लाकोटीले बताए । 

पाँचौ विधान संशोधनको काम भइरहेको छ । 'विधानको मस्यौदा रेडी । भोलि छलफल भएर टुंगिन्छ,' उनले भने ।   

छैठौँ निर्वाचनको कार्यालय स्थापनाको काम भइरहेको छ । विद्युतीय मतदानमा जाने कि मतपेटिका राख्ने, खर्च कस्तो हुन्छ भनेर निर्क्यौल गर्ने काम भइरहेको छ ।

सातौ महाधिवेशनका लागि आर्थिक व्यवस्थापनको काम भइरहेको छ । 'फण्ड रेजिङको काम भइरहेको छ । स्रोतहरु जुटिरहेको छ,' महामन्त्री बुर्लाकोटीले भने । 

आठौं उद्घाटन सत्रको तयारी भइरहेको छ । मञ्च व्यवस्थापन, सजावट, सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको छ । उद्घाटन सत्रमा सम्बोधनका लागि अन्य दलका नेतालाई आमन्त्रण गरिसकिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् ।
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजक (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
मधेशबाहेक सबै प्रदेशमा आज ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम

मधेशबाहेक सबै प्रदेशमा आज ठूलो पानी पर्ने, बाढी र पहिरोको जोखिम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको...