नेभिगेशन
मुख्य समाचार

रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओ‌ली विशिष्ट अतिथि !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ७-९ असारसम्म चितवनमा हुने प्रथम ऐतिहासिक महाधिवेशनमा कांग्रेस सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी ओलीसम्म आमन्त्रण गरिएको छ ।

उनीहरुलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुर १० स्थित गेष्टहाउस चौरमा हुने ७ गते दिउँसाे १ बजे सुरु हुने उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि विभिन्न दलका नेताहरूलाई आमन्त्रण गरेको छ । 

Ncell
Extreme Energy

रास्वपाले कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको हो । 

‘हामीले विशिष्ट अतिथिको रुपमा उहांँहरुलाई आमन्त्रण गरेका छौं । पत्र पठाएका छौँ । केहीको कन्फर्मेसन आइसकेको छ,’ बुर्लाकोटीले भने । 

उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ । पार्टीका तर्फबाट अन्य नेता पनि बोल्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धवलशमशेरको पार्टी– जय नेपाल, चुनाव चिन्ह– त्रिभुज

धवलशमशेरको पार्टी– जय नेपाल, चुनाव चिन्ह– त्रिभुज

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
सुकेधारामा इतरपक्षको भेला, देउवाले सम्बोधन गर्ने LIVE

सुकेधारामा इतरपक्षको भेला, देउवाले सम्बोधन गर्ने LIVE

पूर्वमहामन्त्री एवम् भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा आयोजित भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।